रोल्पाको माडी गाँउपालीकालाई जनपक्षिय काम गर्न तिन दलको आग्रह

मालश्री अनलाइन २२ पुस । रोल्पाको माडी गाँउ पालिका सरकारले ४ बर्ष सम्म गरेको कामको गतिबिधि बारे बृहत अन्तरक्रिया कार्यक्रम घर्तिगाँउमा रोल्पामा सम्पन्न भएको छ । माडी गाँउ पालिका भित्र रहेका तिन वटा राजनैतिक दल नेकपा एमाले माडि गाँउ पालिका, नेपालि काग्रेस माडि गाँउ पालिका र नेपाल कम्युनिष्ट पाटी माडी गाँउ पालिकाले सयुक्त रुपमा उत्त कार्यक्रमको आयोजना गरेको आयोजकले जानकारि गराएको छ ।

स्थानिय सरकारले जनपक्षिय काम गर्नुको सत्ता अनियमितता, भ्रष्टचार गरि बेरुजुमात्र बढाउने काम गरेको भन्दै आफुहरुले सयुक्त रुपमा यस्तो प्रकारको दबाक मुलक बृतह अन्तरक्रिया कार्यक्रम गरेको नेपालि कांग्रेस माडी गाँउ पालिका सभापति नबराज डाँगीले जानकारी दिनु भएको छ । नेपाल कम्युनिष्ट पाटी रोल्पाका इन्चार्ज केश बहादुर बाठा शुुबासको प्रमुख आथित्यता रहेको कार्यक्रमको बिशिष्ठ अथितिमा नेपालि कांग्रेस प्रदेश ख दुइका क्षेत्रिय सभापती गोपाल घर्ति मगर रहनु भएको थियो । बृहत अन्तरक्रिया कार्यक्रममा माडि गाँउ पालिकाले आम नागरिक संग प्रत्यक्ष सरोकार राख्ने सडग पुर्बाधार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, बिधुत, खानेपानि, लगाएतका क्षेत्रमा आफ्ना नागरिकलाइ हितहुने काम भन्दा पनि कमिसन मुखि र आफ्ना पाटीका नेता कार्यकर्तालाई हित हुने खालको मात्र स्थानिय सरकारले काम गरेको भन्दै अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बिरोध गर्नुको साथै अब यस्ता प्रकारका काम नगर्न स्थानिय सरकारलाई खबरदारी समेत गरेका थिए । यसको उदाहरणको रुपमा गाँउपालीकाले वडा न . ४ को तार्केबाङमा निमार्ण गर्न लागेको खेलकुद मैदान स्थानिय बासि सँग समझदारी एंवम कुनै प्रक्रिया पुरा नगरी हतारमा काम गर्दा कुनै ब्यतिको नाममा रहेको ब्यतिगत सम्पतीमा सरकारी लाँखौ रकम खर्च गरेको समेत सहभागिले बताएका थिए । यस्ता प्रकारका अनियमिता र भ्रष्टचार कयौ ठाँउमा भएको भन्दै अब पनि यस्ता गलत कार्यलाई नसच्याई स्थानिय सरकार यस्तै गर्दै गएका आफुहरुले नछाड्ने समेत तिन दलको निष्र्कष रहेको थियो । अहिले सम्म स्थानिय सरकारले गरेको कामको सबै जानकारी आम नागररिकलाई गराउन समेत तिन दलले गरेका छन् । यदि आफुहरुको मागलाई ब्यवास्था गरी स्थानिय सरकार अगाडी बढन खोजेमा आफुहरु चुप लागेर नबस्ने समेत तिन दलले चेतावनी दिएका छन् । नेपाली कांग्रेस माडि गाँउ पालिकाका अध्यक्ष नबराज डाँगीको अध्यक्षता तथा नेकपा एमाले माडी गाँउ पालिकाका अध्यक्ष प्रेम घर्तिको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पाटी माडी गाँउ पालिका इन्चार्ज कुसल वलिले गर्नु भएको थियो ।

 

175 total views, 8 views today