रुन्टिगढि गाउँपालिका मा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

मालश्री अनलाइन २३ पुस ।  रोल्पाको रुन्टीगढी गाउँपालिका मा शुक्रबार एक कार्यक्रम का बिच सरुवा भयर आउने नयाँ कर्मचारी हरुलाइ स्वागत तथा सरुवा भयर जाने कर्मचारी हरुलाइ बिदाई गरिएको छ।सरुवा भयर आउने तथा नव नियुक्त कर्मचारीहरु प्रशासन प्रमुख सानुबाबु खड्का र इन्जिनियर लोकेन्द्र ओलि यसैगरी बिदाइ भयर जाने कर्मचारीहरुमा सब इन्जिनियर बिजयदेब चौधरी रहनुभयको छ। रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब भट्टराई को सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रम मा प्रमुख अतिथी मा गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ,उपाध्यक्ष छ्माया पुन,आलेप दिपक पराजुली ,सूचना अधिकृत विशाल बोहोरा,पन्जिकरण शाखा प्रमुख धुर्बप्रकाश मल्ल,लागयत को उपस्थिति रहेको थियो ।


कार्यक्रम मा बोल्दै बिदाई भयर जाने सब इन्जिनियर चौधरीले रुन्टीगढी गाउँपालिकामा धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेको उल्लेख गर्दै यस पालिकाले दियको माया र सद्भाव कहिले नभुल्ने बताउनु भएको थियो ।यस्तै कार्यक्रम मा बोल्दै प्रमुख अतिथि समेत रहनु भयका गाउपालिकाका अध्यक्ष बुढाले गाउँपालिका मा आउने नयाँ कर्मचारीहरुलाइ स्वागत गर्दै बिदाई भयर जाने कर्मचारी को आगामी कार्यकाल सफलता को शुभकामना समेत व्यक्त गर्नुभयको थियो।। कार्यक्रम को सहजीकरण योजना शाखा का प्रमुख रुपेश अधिकारि ले गर्नु भएको थियो।

211 total views, 7 views today