परिवर्तन गाउँपालिकाको ११ औं हिउँदे गाउँसभाको तयारी पुरा 

मालश्री अनलाइन २३ पुस । रोल्पाको परिवर्तन गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०८९ को ११औं हिउँदे गाउँसभा पुष २४ गते अर्थात् भोलि शनिबार गर्ने तयारी पुरा भएको बताइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा १ बमोजिम हिउँदे गाउँसभा गर्न लागीएको परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपाने जानकारी दिनु भएको छ ।

न्यौपानेले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले बर्षमा दुई पटक सभा गर्नु पर्ने प्रावधान गरे अनुसार हिउँदे गाउँसभाको आयोजना गरिएको बताउनु भयो । साथै भोलि २४ गत शनिबार हुन लागेको गाउँसभामा उपस्थित भइदिन सम्बन्धित सबैमा परिवर्तन गाउँपालिकाले आग्रह समेत गरेको त्यहाबाट हाम्रा सहकर्मि सुर्य प्रकाश बुढाले जानकारी दिनु भएको छ ।

 

134 total views, 5 views today