नेपाल निजामती कर्मचारी युनियन रोल्पाको आठौं जिल्ला अधिवेशन सम्पन्न– अध्यक्षमा अधिकारी

मालश्री अनलाइन २४ पुस । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति रोल्पाको आठौं  जिल्ला अधिवेशन लिबाङमा सम्पन्न भएको छ । “ राष्ट् सेवा निस्पक्षता तटस्थता र कर्मचारी एकता ” भन्ने मुल नाराका साथ नेपाल निजामती कर्मचारी युनियन रोल्पाका अध्यक्ष हेमन्तराज आचार्यको अध्यक्षमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांगे्रस रोल्पाका जिल्ला सभापति किशोर कुमार आचार्य रहनु भएको थियो । बिशिष्ट अतिथिहरुमा नेपाली काग्रेश रोल्पाका संस्थापक पाटी सभापति सुरेन्द्र हमाल रहनु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पुर्ब सभापति कृष्ण बहादुर घर्ति, नेपाली काग्रेस १४ महाधिवेसन का जिल्ला सभापतिका प्रत्यासि एंवब रोल्पा नगरपालीका वडा न. १० का वडा अध्यक्ष मान बहादुर खत्री, रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष बिश्वकुमार चन्द, नेपाल शिक्षक संघ रोल्पाकि अध्यक्ष भगवती मल्ल, आधिकारीक ट्ेडयुनियन रोल्पाका कार्यबाहक अध्यक्ष इन्दीरा अधिकारी, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, नेपाल कर्मचारी संगठनका प्रतिनिधी झगबहादुर फेवाली लगाएतले कार्यक्रमका शु्भकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रमको अबसरमा बोल्ने प्रमुख अतिथि लगाएत अन्य बत्ताहरुले नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध सम्पुर्ण राष्ट् सेवक कर्मचारीहरुले जहिले पनि सानो ठुलो नभनि राष्ट् र आम नागरीकको पक्षमा रहेर निश्पक्ष सेवा गर्नु पर्नेमा जोड दिएका थिए ।

साथै नेपाल निजामती कर्मचारी युनियन मा आबद्ध भएकै कारण कसैले कुनै कर्मचारीलाई दुख दिने फरक ब्याबहार गर्ने गरेमा नेपाली कांगे्रस पाटी चुप लागेर नबस्ने समेत चेतावनी समेत दिएका थिए । अधिवेशन बाट इन्दीरा अधिकारी आचार्यको अध्यक्षतामा तिन जना पछि थप्ने गरि १४ सदस्य नयाँ कार्यसमिति चयन भएको समेत बताइएको छ । जसको उपाध्यक्षमा खुल्ला तर्फ रुपेश अधिकारी, उपाध्यक्ष समावेसीमा टिकाराम कार्की, सचिवमा दयावहादुर वुढा, सह सचिवमा लोकेन्द्र मल्ल ,कोषाध्यक्षमा गोपालसिंह वुढा, सदस्यहरुमा दिपाकार आचार्य, लोकेन्द्र पुन, गण वहादुर विक, विर वहादुर घतिर्, उत्तम कुमारी चौधरी, हिमा कुमारी पुन मगर, दिपराज खत्री, मेधराज उपाध्याय, रहनु भएको छ । साथै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा हेमन्तराज आचार्य, राजेशकुमार रेग्मी, दामोदर पुलामी सुवेदी, निम वहादुर डागी, रहनु भएको छ । सल्लाहकारमा प्रभाकर मल्लीक रहनु भएको आयोजकले जानकारी दिएको छ । दामोदर पुलामीको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको संचालन संचालन राजेशकुमार रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन रोल्पामा आबद्ध कर्मचारी, नेपाली कांग्रेस पाटी पाटीका बिभिन्न तहका नेताहरु नेपाली कांग्रेसको बिभिन्न भातृ एंवम शुभेच्छुक संघ, संगठनका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता एंवम सहभागिता रहेको थियो ।

220 total views, 7 views today