प्राइमलाइफ इन्स्योरेन्स रोल्पा शाखा द्वारा रु ११ लाख मृत्युदाबी भुक्तानी

मालश्री अनलाइन २४ पुस ।   प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको रोल्पा शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई घर दैलो मृत्यु दाबी भुक्तानी गरेको छ । लंग्री गाँउपालिका वडा न.– ७ हार्जङका निमा घर्तीमगरको श्रीमान सुरेश घर्तिमगरको मृत्यु भएकाले कम्पनीले ११ लाख रुपैयाँ दिएको हो ।

घर्तिमगरका दुई महिना अगाडी मात्र मृत्यु भएको पारिवारीक श्रोतले बताएको छ । उत्त चेक लुंग्री गाँपालीका अध्यक्ष दुर्गा बहादुर खड्का तथा रोल्पा शाखाका शाखा प्रबन्धक टिकाराम जि.सी.ले मृतकको श्रीमतिलाई सयुत्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । मृतकले २ वर्ष अगाडी मात्र प्राईमलाइफ इन्स्योरेन्समा बिमा गर्नु भएको बताइएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि लुंग्री गाँउपालीका अध्यक्ष दुर्गा बहादुर खड्काले बीमाको वास्तविकता बारे प्रष्ट धारणा ब्यक्त गर्दै आम सबैले आफुले दुख गरेर कमाएको केहि अंश रकम छुट्टाएर बीमा गर्न प्रोत्साहन आग्रह गर्नु भयो । साथै, जीबन बीमा कम्पनीका अभिकर्ताहरुको क्षमता ,दक्षता अभिबृधि गरि सहि सूचना जनता माझ लग्न जिबन बिमा कम्पनीलाई सुझाब समेत दिदै आफु पनि जनताको घर घर गई बीमाको बारे बुझाई यस्तो खालको सामाजिक कार्यमा सक्रिय भइ लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रम को संचालक प्राइमलाइफ इन्स्योरेन्स का दिलिप बानिया ले गर्नु भएको थियो, भने कार्यक्रम मा उपस्थित हरुलाइ स्वागत मन्तव्य प्राइम लाइफ इन्स्योरेन्स का अप्रेसन इन्चार्ज भाउभक्त सन्यासी ले गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा रोल्पा शाखाका शाखा प्रबन्धक टिकाराम जि.सीले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै, आजको दिनमा जोखिमकै हिसाबले बीमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण बिमा गर्न, गराउन पहल गर्नुपर्ने धारणा ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा गुम्चाल प्रहरी कार्यालयका प्रमुख, ,जनप्रतिनिधि ,स्थानीय बुद्धिजीवी ,सामाजसेबि,बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी लगाएतको कार्यक्रममा सहभागीता रहेको थियो ।

771 total views, 7 views today