नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन सम्बन्धि स्थलगत अनुशिक्षण कार्यक्रम सम्पन्न

मालश्री अनलाइन २६  पुस । आ.व २०७८÷७९ को ससर्त अनुदान तर्फको स्वीकृत कार्यक्रम अनुसार परिवर्तन गाउँपालिको सबै स्वास्थ्य चौकिहरुमा अनुशिक्षण तालिम सम्पन्न भएको छ । समुदायमा आधारित नवजात सिसु तथा बाल रोगको एकिकृत व्यवस्थापन सम्बन्धि स्थलगत अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिविआएमएनसिएल सम्बन्धि अनसाइट कोचर सिनियर अहेव नर बहादुर डागि,सिनियर अहेब नरसिं वलि ,सिनियर अहेब हिरामनि रोका र अहेब निर्मल बुढामगर र स्वास्थ्य साखा पर्मुख दिपक घर्तिमगरले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सबै स्वास्थ्य चौकिहरुमा २÷२ दिनको रहेको थियो । छ बर्ष मुनिका बालबालिकाहरुमा देखिने विभिन्न रोगहरुको एकिकृत स्तरिय उपचार र व्यवस्थापन गर्ने यसको उदेश्य रहेको छ । संस्था स्तरिय रेकर्ड, रिपोर्टिङ पद्धतिमा पनि एकरुपता होस भन्ने जनाइएको छ । समुदायमा भएका सबै बालबालिकाहरुको स्वास्थ्य स्थिति सुधार र सक्षम रहने अपेक्षा गरिएको छ ।

 

122 total views, 5 views today