कोरोना बिरुद्धको खोप कार्यक्रमको प्रगतिमा लुंग्री गाँउपालीका रोल्पा जिल्लामै अगाडी

मालश्री अनलाइन २६  पुस ।  कोरोना बिरुद्धको खोप कार्यक्रमको प्रगतिमा रोल्पाको लुंग्री गाँउपालीका रोल्पा जिल्लामै पहिलो बनेको छ । यहि पौष २१ गते जिल्ला कोभिड — १९ खोप समन्वय समिती रोल्पाका संयोजक प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमा भएको थियो ।

उत्त कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्रालय लुम्बिनी प्रदेश स्वास्थ्य सचिब डाक्टर बिकास देवकोटाको र स्वास्थ्य निर्देशनालय बुटवलका निर्देशक डाक्टर बिनोद गिरीको समेत बिशेष उपस्थितीमा रहेको थियो । सो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोख्रेलले रोल्पा जिल्ला भरको कोरोना खोपको प्रभाबकारीता र अवस्थाको बारेमा जानकारी गराउँदा लुंग्री गाँउपालीका रोल्पा जिल्लामै खोप प्रगतिमा पहिलो भएको तथ्याङक प्रस्तुत गर्नु भएको थियो । जिल्लामै पहिलो हुने लुंग्री गाँउपालीकामा एक डोज मात्र खोप लगाउनेको प्रतिशत १०४ रहेको छ दुबै डोज लगाउनेको प्रतिशत ६८ प्रतिशत रहेको तथ्याङक स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङकमा उल्लेख रहेको छ । स्वास्थ्य कार्यालय रोल्पको तथ्याङक अनुसार जिल्लामा दास्रो सुनिल स्मृती गाँउपालीका एक डोज मात्र खोप लगाउनेको प्रतिशत ८२ रहेको छ दुबै डोज लगाउनेको प्रतिशत ६१ प्रतिशत रहेको छ । तेस्रोमा रोल्पा नगरपालीका रहेको छ । रोल्पा नगरपालीकामा एक डोज मात्र खोप लगाउनेको प्रतिशत ७९ रहेको छ दुबै डोज लगाउनेको प्रतिशत ६४ प्रतिशत रहेको छ । सबै भन्दा कम कोरोना खोपको प्रभाबकारीत भने थवाङ गाँउपालीकाको रहेको छ । थबाङ गाँउपालीकामा एक डोज मात्र खोप लगाउनेको प्रतिशत ७१ रहेको छ दुबै डोज लगाउनेको प्रतिशत ५५ प्रतिशत रहेको छ । जिल्लामा कोरोना भाइरस भित्रि सकेपछि पि.सि.आर प्रबिधि बाट कुल ३ हजार ८ सय ६१ जनाको कोरोना परिक्षण गरिएकोमा ९ सय ४१ जना पोजेटिभ भएको मध्य १५ जनाको मृत्यु भएको पाइएको छ । त्यस्तै ५ हजार ३ सय ८९ जनाको एन्टीजेन प्रबिधि बाट गरिएको परिक्षणमा १ हजारर ६ सय ६२ जनामा पोजेटिभ देखिएको १५ जनाको मृत्यु भएको तथ्याङक प्रस्तुत गर्नु भएको थियो । रोल्पा जिल्लामा १८ बर्ष भन्दा माथिको कुल जनसंख्याको ७९ प्रतिशत ब्यतिहरुलाई पहिलो दोज र ६४ प्रतिशत ब्यतिहरुलाई दुबै दोज खोप लगाइएको समेत पोख्रेलले बताउनु भएको छ । उत्त कार्यक्रममा रोल्पा नगरपालीका मेयर पुर्ण केसि, रोल्पा अस्पताल रेउघाका प्रमुख डाक्टर सबु काफ्ले, सुआहारा लुम्बिनी प्रदेशका संयोजक भरत शर्मा ,नेपाल रेडक्रस रोल्पाका सभापति डिबी टुहुरो, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर , जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख प्रतिनिधीहरु, स्वास्थ्य शाखा सयोजक, बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधी,पत्रकार लगाएको कार्यक्रममा सहभागिता रहेको थियो ।

314 total views, 13 views today