जनकल्याण वचत तथा क्रण सहकारी संस्थाको चौथो अधिवेशन बाट अध्यक्षमा विष्ट चयन

मालश्री अनलाइन २७  पुस । सुनिल स्मृति गाउपालिका वडा नंम्वर ४ मा रहेको जनकल्याण वचत तथा क्रण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सुुनिल स्मृती गाँउपालीका अध्यक्ष गुणेन्द्र घर्तिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशिष्ट अतिथिहरुमा सुनिल स्मृती गाँउपालीका वडा न. ४ का वडा अध्यक्ष गञ्ज बहादुर क्षेत्री र सुनिल स्मृती गाँउपालीका वडा न. ३ का कार्यबाहक वडा अध्यक्ष गिर बहादुर बिष्ट रहनु भएको थियो ।

कार्यक्रमको अन्य अतिथिहरुमा जिल्ला सहकारी संघका सचिब फत्ते प्रचण्ड घति मगर्र ,सुुनिल स्मृती गाँउपालीका कृषि शाखा प्रमुख बासुुदेब उपाध्याय लगाएत रहेको आयोजकले जानकारी दिएको छ । अधिबेसन बाट केशर कुमार विष्टको अध्यक्षतामा सात जनाको नँया कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा ओम प्रकाश विष्ट, सचिवमा मिलन रोका, कोषाध्यक्षमा प्रेम वहादुर घर्ति, सदस्यहरुमा फत्ते प्रचन्ड घर्ति मगर, जिवराज घर्ति मगर, जित कुमारी घर्ति मगर रहनु भएको छ । संस्थाका अध्यक्ष जिवराज घर्तिको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा संस्थाका साधारण सदस्य शेर धनि बचत कर्ता लगाएतको पनि उपस्थीति रहेको थियो । २०६४ सालमा स्थापना भएको संस्थाले बचत, क्रण लगानी गर्दै आएको संस्थाले जनाएको छ । कार्यक्रमको संन्चालन संस्थाका सचिव ओम प्रकास विष्टले गर्नु भएको थियो भने स्वागत संस्थाका उपाध्यक्ष केशर कुमार विष्टले गर्नु भएको थियो ।

247 total views, 1 views today