जिल्लामै पहिलो भयो लुंग्री १ पाङ पूर्ण संस्थागत प्रसुति तथा पूण खोप युक्त वडा

मालश्री अनलाइन २७  पुस । रोल्पा जिल्लामै लुंग्री गाँउपालीका वडा न. १ पाङ रोल्पा जिल्लामै पूर्ण खोप युक्त अनुमोदन वडा भएको छ । वडा भित्र पूर्ण संस्थागत प्रसुती तथा पूर्ण खोप युक्त वडा अनुमोदन घोषणा कार्यक्रम मंगलबार भए सँगै लुंग्री गाँउपालीका वडा न. १ पाङ रोल्पा जिल्लामै पूर्ण खोप र पूर्ण संस्थागत प्रसुती युक्त अनुमोदन वडा भएका हो ।

 

स्वास्थ्य चौकी पाङको आयोजनामा लुंग्री गाँउपालिका १ का वडा अध्यक्ष एवम् स्वास्थ्य चौकी पाङका ब्यबस्थापन समिती अध्यक्ष मति पुन मदनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिमा लुंग्री गाउपालिकाका अध्यक्ष दुर्गा बहादुर खड्का रहनु भएको थियो । विशिष्ट अतिथिमा लुंग्री गाउपालिका प्रमुख प्रशासकिय अधिकृत बद्री प्रसाद शर्मा वाग्ले रहनु भएको थियो कार्यक्रमको अन्य अतिथिहरुमा लुंग्री गाउपालिका स्वास्थ्य शाखा सहसंयोजक दिपा कुमारी बिस्ट, नेकपा एमालेका धनलाल पुन, नेपाली कांग्रेसका वडा सभापति वेगम रोका, राप्रपाका प्रतिनिधि गोमति वुढाथोकी, वडा सदस्य शिवराम घर्ति, रमिला विटालु ,मिना घर्ति नेपाल राष्ट्यि मावि पाङका बिद्यायालय ब्यबस्थापन समिती अध्यक्ष्म गोविन्द थापा, नेपाल राष्ट्यि मावि पाङका प्र.अ. गनेश पुन, माबि छिउदरका प्र.अ. उमेश पुन, लगायत रहनु भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा वडा भित्रका सम्पुर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी ,महिला स्वास्थ्य स्वंयमसेबिका ,स्वास्थ्य आमा समूह लगाएतको समेत उपस्थिति रहेको थियो । पूर्ण संस्थागत प्रसुती तथा पूर्ण खोप युक्त वडा अनुमोदन घोषणा कार्यक्रमका प्रमुख अतिथी लंग्री गाउपालिका अध्यक्ष दुर्गा बहादुर खड्काले अनुमोदन घोषणा गर्नु भएको थियो । साथै कार्यक्रममा प्रमुख अतिथि गाँपालीका अध्यक्ष खड्काले दिनरात नभनेर यसरी खति नागरिकको सेवा गरेकोमा र गाँउपालीकामा मात्र नभैइ जिल्लाम पूर्ण संस्थागत प्रसुती तथा पूर्ण खोप युक्त वडा बनेकोमा स्वास्थ्य कर्मि लगाएत यस कार्यमा सक्रिय रुपमा लाग्ने सबैलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । गाँउपालिकाबाट हरेक प्रकारका सहयोग गर्न आफु तप्पर रहेको समेत बताउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि खड्काले अक्सिजन कन्स्ट्रेटर एक थान, मास्क एक हजार पिस, सेनिटाइजर ५ लिटर स्वास्थ चौकीलाई हस्तान्तरण गर्नु भएको थियो । वडा कार्यलय मार्फत महिला स्वायम सेविकाहरुलाई झोला, लाइट,र छाता समेत हस्तान्तरण गरिएको थियो । स्वास्थ संस्था मार्फत सम्पुर्ण महिला स्वंयम सेवीकाहरु, स्वास्थ क्षेत्रका नर्सीङ कर्मचारीलाई दोसल्ला ओडाएर,र प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ चौकी पाङका प्रमुख दामोदर सुवेदीले स्वास्थ्यचौकि पाङ बाट अघिल्लो आर्थिक बर्ष र यस आर्थिक बर्षमा गरेको कार्यको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तव्य अनमि मिना घर्तिले गर्नु भएको थियो ।

147 total views, 7 views today