राष्ट्रलाई योगदान दिन राजनीतिमा आएको हु-सभापति पुन

मालश्री अनलाइन २९  पुस । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले राष्ट्रको लागि केहि योगदान दिन आफू राजनीतिमा आएको बताउनु भएको छ । नेपाली कांग्रेस रोल्पाद्वारा नवनिर्वाचित प्रदेश सभापति पुनको सम्मानमा आयोजित बधाई तथा शुभकामना समारोहमा राष्ट्रलाई योगदान दिन आफू राजनीतिमा आएको बताउनु भएको हो । प्रदेश सभापति पुनले भन्नुभयोस्, सम्पूर्ण पेशा व्यवसाय र सुखद जीवन त्यागेर राजनीतिमा आएको हुँ । मेरो एउटा निर्विकल्प पेशा भनेको राजनीति हो । म मेरो जिल्ला, प्रदेश र समग्र राष्ट्रलाई केहि योगदान दिने संकलन र अठोट सहित राजनीतिमा आएको हुँ ।

 

सभापति पुनले सक्षम र क्षमतावान युवाहरूको आकर्षणको केन्द्र अब कांग्रेस बनाउनु पर्ने खाकासहित लुम्बिनी कांग्रेसले योजना बनाइरहेको बताउनु भएको छ । उहाँले आफ्ना गृह जिल्ला रोल्पाका कांग्रेस नेता तथा कार्यकर्तालाई साक्षी राखेर रोल्पको शिर निहुराउने कुनै काम नगर्ने प्रतिज्ञा समेत गर्नु भएको छ । उहाँले निर्वाचन पछिको हार्दिकतालाई कायम राख्दै संगठन निर्माण, सबलीकरण तथा सुढृढीकरणमा लाग्नु पर्ने अनुरोध गर्नु भएको छ ।

 

 

64 total views, 9 views today