मातृ सुरक्षा चक्कि सम्बिन्ध अभिमुखिकरण कार्यक्रम परिवर्तन गाउँपालिकामा सम्पन्न

मालश्री अनलाइन २९  पुस । मातृ सुरक्षा चक्कि सम्बिन्ध अभिमुखिकरण कार्यक्रम परिवर्तन गाउँपालिकामा सम्पन्न भएको छ । परिबर्तन गाउपालिका स्वास्थ्य साखाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । आर्थिक वर्ष २०७८–०७९ को सशर्त अनुदान तर्फको स्वास्थ्यकर्मिहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको स्वास्थ्य शाखाले जनाएको छ । उपाअध्यक्ष हितकुमारी बुढाकाृे अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा संयोजक नन्दा बुढाले गर्नु भएको थियो ।

 

शाखा प्रमुख दिपक घर्तीमगरको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा समुदायमा अत्याधिक रक्तश्रावको कारणले हुने मातृ मृत्युलाई कम गर्नको लागि सुत्केरी भए पश्चात खुवाइने मातृ सुरक्षा चक्किका बारेमा जानकारी गराईएको छ । कार्यक्रमको सहजिकरण स्वास्थ्य शादा प्रमुख बुढाले गर्नु भएको थियो । कार्यक्रममा सबै स्वास्थ्य संस्था प्रमुख र नर्सिङ कर्मचारिहरुको सहभागिता रहेको थियो । बांकि स्वास्थ्यकर्मिहरुको अभिमुखिकरण कार्यक्रम शुक्रबार गरिने आयोजनकले जानकारी दिएको छ । कार्यक्रममा महामारिको रुपमा फैलियको कोरोना जोखिमको लागि सतर्कता, आईसोलेसन व्यपस्थापन ,सबै नागरिकलाई कोभिड खोप उपलब्धताको लागि शाखाले तत्काल पहल गर्नुपर्ने, स्वास्थ्यका सबै कार्यक्रम मापदण्ड भित्ररही संचालन गर्नुपर्ने लगाएतको सल्लाह समेत दिइएको थियो ।

 

398 total views, 10 views today