रोल्पामा एक शिक्षक झुन्डिएको अवस्थामा मृत फेला

मालश्री अनलाइन,  माघ २ । सुनछहरी गाउँपालिका वडा नं ४ फुलवारी टोल स्थित श्री सिद्ध प्राथामिक विद्यालयमा कार्यरत २८ वर्षीय धन बहादुर विक शनिवार साझ आफ्नै घरको उपल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी स्युरीका हवल्दार बेगम नेपालीले दिए ।

घटना के कारणले भयो भन्ने बारेमा एकिन जानकारी नभएको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोलि घटना स्थल तर्फ गैरहेको प्रहरी चौकी स्युरीले बताएको छ।

822 total views, 1 views today