नेपाली काँग्रेस परिवर्तन गाउँपालिका वडा नं ६ को बैठक सम्पन्न

मालश्री अनलाइन,  माघ २ । नेपाली काँग्रेस परिवर्तन गाउँपालीका ६ नम्वर वडाको १४ औँ महाधिवेशन पछिको पहिलो बैठक आइतबार सम्पन्न भएको छ ।

नेपाली काग्रँेस वडा सभापती विरबहादुर घर्तिमगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काग्रँे जिल्ला कार्यसमिति सदस्य अमृत बुढामगर रहनु भएको थियो । वैठकमा नेपाली काग्रँेसमा आस्तावन वडा का सम्पुर्णको उपस्थीती रहेको थियो । आजको वैठक बाट विभिन्न निर्णयहरु गरिएको छ । जसअन्तरगत वडा सदस्यहरु मनोनित गर्ने, टोल कमिटि गठन, वडामा भएका अनियमित क्रियाकलावहरुको विरोध कार्यक्रम गर्ने सम्वन्धमा, वडा नं. ६ मा भएका शिक्षक हरु प्रत्यक्षरुपमा राजनैतिक दलको प्रतिनिधि भएको हुदा उनिहरुलाई प्र.अ मार्फत राजिनामा दिन लगाउने लगाएतका निणर्यहरु गरिएको छ ।

कार्यक्रमको सञ्चालन नेपाली काग्रेंसका वडा सचिव ज्ञानेन्द्र घर्तिले गर्नुभएको नेपाली काग्रेंस परिवर्तण गाउँपालिका वडा नंं ६ ले जनाएको छ ।

172 total views, 1 views today