नेपाल रेडक्रस शोेसाइटी लिबाङ उप शाखाको ५ औँ अधिबेशन बाट आचार्य अध्यक्षमा चयन

मालश्री अनलाइन,  माघ २ । नेपाल रेडक्रस शोेसाइटी लिबाङ उप–शाखा रोल्पाको १२ औँ साधरण सभा तथा ५ औँ अधिबेशन सम्पन्न भएको छ । तेजराज आचार्यको सभापतित्वमा सम्पन्न भएको अधिवेशनको प्रमुख अतिथिमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापती डिवि घर्ति रहनु भएको थियो ।

कार्यक्रममा संस्थाको सांगठनिक प्रदिबेदन सस्थाका सहसचिव सरोज पोख्रेलले पेश गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र अचार्यले प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथि घर्तिले पानसमा वत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । अधिवेशनले ज्ञानेन्द्र आचार्यको सभापतित्वमा ११ जना नँया कार्य समिति चयन गरेको छ । जसको उप सभपातिमा उमा केसी, सचिवमा शरोज पोख्रेल, उप सचिवमा रमेश अधिकारी कोषाध्यक्षमा सन्दिप आचार्य, उप कोषाध्यक्षमा गिता डागी रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा बिमला पुन मगर, भोलानाथ आचार्य, बिस्णु आचार्य, ओम केसी, बिनोद डागी लगाएत रहनु भएको छ । स्वागत उप–सभापती उमा आचार्यले गर्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती घर्तिले यो सस्था कुनै नाफामुलक नभइ सामाजिक र मानविय सेवा गर्ने भएको हुदा आगामि दिनमा शसक्त भएर लाग्न अनुरोध गर्नु भएको छ । धेरैजसो कार्यक्रमहरु रोल्पा शाखाले गर्ने भएको हुदा अबका दिनहरुमा उपशाखाले पनि केहि कार्यक्रम गर्ने बताउनु भयो । अब आउने पधाधिकारी हरुलाइ विशेष मानब सेवा सहितको सामाजिक सेवा गर्न अनुरोध गर्नु भएको छ ।

 

349 total views, 2 views today