लुङग्री गापा ७ हार्जङमा ६० जना पुःन कांग्रेसमा प्रवेश

 

मालश्री अनलाइन, बैशाख १९ रोल्पा । रोल्पाको लुङग्री गाउपालिकामा वडा न. ७ को उदिङढुङ्गा हार्जङका ६० जना पुःन नेपाली कांग्रेस पाटीमा प्रवेश गरेको लुङग्री गाउँपालिका नेपाली कांग्रेसले जानकारी दिएको छ । नेपाली कांग्रेसमा आस्थावान केहि नेता कार्यक्रता केहि दिन अगाडी मात्र १९ घर परिवार नेकपा माओबादि केन्द्र पाटीमा प्रबेश गरेका थिए ।

 

उनिहरु सहित थप अन्य नेकपा माओबादि केन्द्रका नेता कार्यक्रताहरु सहित थप ६० जना नेपाली कांग्रेस पाटीमा प्रवेश गरेको नेपाल सास्कृतीक संघ रोल्पाका अध्यक्ष एंव नेपाली कांग्रेसका युवा नेता सागरबाबु पुनमगरले जानकारी दिनु भएको छ । पुःन नेपाली कांग्रेस पाटीमा फर्किनेहरुले आफुहरुलाई नेकपा माओबादि केन्द्रले बिभिन्न लोभ लालज र प्रलोभन देखाएर नेकपा माओबादि केन्द्र पाटीमा प्रबेश गराएको आरोप समेत लगाएका छन् । नेपाक माओबादि केन्द्र पाटी भ्रमको खेती मात्र गर्ने पाटी लागेको हुनाले आफुहरु पुःन पुरानै घर नेपालि कांग्रेस पाटीमै फर्किएको बताएका छन् । पाटी प्रवेश कार्यक्रममा प्रदेश सभा १ क का क्षेत्रीय सभापति दुर्गा बहादुर खड्का, नेपाली कांग्रेस लुङग्री गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जनक खड्का, उपाध्यक्ष का उम्मेदवार मुन्नी देबि रोका क्षेत्री, नेपालि कांग्रेस लुङग्री गाउँपालिका उप सभापति मति पुन मदन लगाएत नेपालि कांग्रेसका नेता कार्यक्रताहरुको उपस्तिथि रहेको नेपाली कांग्रेस लुङग्री गाउँपालिकाले जानकारी दिएको छ ।

1,427 total views, 2 views today