नेपाली कांग्रेस लुङग्रीले चुनावि घरदैलो अभियान तिब्र पार्दै

मालश्री अनलाइन, बैशाख २० रोल्पा । आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनलाई मध्य नजर गरि नेपाली कांग्रेस लुङग्री गाँउपालिकाले आफ्नो चुनावि अभियानलाई तिब्रता दिएको छ । सोहि क्रममा मंगलबार लुङग्री गाँउपालिका वडा न. ४ को बिभिन्न टोेलमा पुगेर घरदैलो अभियान संचालन गरेको नेपाली कांग्रेस लुङग्री गाँउपालिकाले जानकारी दिएको छ ।

अभियानको क्रममा लुङग्री गाँउपालिकाल वडा न. ४ का नागरिकहरुले यस भन्दा पहिले आउँने कम्यनिष्ट उम्मेदवारहरुले चुवाब अगाडी बिभिन्न बिकासको नारा बाडेर, झुठो आश्वासन दिएर चुनाब जितेपछि जनताको गुणासो सुन्नुत परकै कुरा निर्बाचित जनप्रतिनिधिले एक पटक पनि फेर्केर नहेरेको भन्दै आफुहरुलाई गुणासो पोख्ने गरेको समेत नेपाल सास्कृतिक संघ रोल्पाका अध्यक्ष एंव युवा नेता सागर बाबु पुनले जानकारी दिनु भएको छ । घरदैलो अभियान कार्यक्रममा नेपाली कांग्रेसका नेता एंव पुर्ब सांसद लेखनाथ आचार्य, प्रदेश सभा १ क का नेपाली कांग्रेसका क्षेत्रीय सभापति दृर्गा बहादुर खड्का, लुङग्री गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जनक खड्का, नेपाली कांग्रेस लुङग्री गाउँपालिका उपसभापति मोटी पुन मदन , लुङग्री गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार मुन्नीदेबि रोका क्षेत्री ,तरुण युबा लगाएत अन्य नेता कार्यक्रताहरुको उपस्थिति रहेको नेपाली कांग्रेस लुङग्री गाउँपालिका प्रचार प्रसार समितीले जानकारी दिएको छ ।

 

743 total views, 1 views today