राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको दिक्षान्त समरोह सम्पन्न

 

मालश्री अनलाइन, बैशाख २० रोल्पा ।  राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा मंगलबार सिभिल र विसिएका र्यक्रममा अध्ययन पुरा गरी पास भएका विद्यार्थीहरुको लागि आयोजित दिक्षान्त कार्यक्रम सम्पन्न भएको कलेजले जानकारी दिएको छ ।

 

राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डाक्टर भीमसेन गिरीको अध्यक्षता तथा पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि भण्डारीले राप्ती इञ्जिनियरिङ कलेजले स्थानीय स्तरमा इञ्जिनियरिङ तथा आईटी शिक्षामा नेपालमै अब्बल रहेको र समाज रुपान्तरणको लागि महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । साथै उहांले राप्ती इञ्जिनियरिङ कलेज बाट दिक्षितहुने सम्पुर्ण विद्यार्थीहरुलाई आफूले प्राप्त गरेको शिक्षालाई सहि प्रयोग गरेर कलेज, विश्व विद्यालयको गरिमा बचाई राख्न सुझाव दिनु भएको थियो । कलेजका डाईरेक्टर मधुसुदन बैद्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरी, एकेडेमिक कोर्डिनेटर बाबुराम जोशी, दिक्षित विद्यार्थीहरुको तर्फ बाट अभिशेक कुमार रौनियार लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण विसिए विभागका विभागिय प्रमुख विश्वबन्धु थापाले गर्नु भएको थियो ।

 

138 total views, 2 views today