रोल्पा नगरपालीका १० का वडा अध्यक्षका उम्मेद्धार खत्री सवैको साँझा बन्दै

मालश्री अनलाइन, बैशाख २० रोल्पा । रोल्पा नगरपालीका वडा नं. १० का वडा अध्यक्ष खत्री फेरी पनी वडा अध्यक्ष को उम्मेद्धार वन्नु भएको छ ।

नेपाली काँग्रेस बाट वडा अध्यक्ष्यका उम्मेद्धार दिनु भएका मान बहादुर खत्री लाई धवाङका  जनताहरुले सबैको साँझाको रुपमा हेर्दै आइरहेका छन् । फेरी पनी अध्यक्षका उम्मेद्धार खत्री जनताको लागि अहोरात्र सेवामामा खटिने भएकाले त्याका जनताले उहाँलाई पुनः वडा अध्यक्षमा उम्मेदवारी दिन लगाएका छन् ।

अध्यक्षका उम्मेद्धार खत्रीले रोल्पा नगरपालीका वडा नं १० धबाङको शिक्षा स्वास्थ्य यातायात खानेपानी लगायतका थुप्रै क्षत्रमा राम्रो काम गरेकाले फेरी जनताले खत्रीलाई रुचाएका हुन् । खत्रीले २०७४ सालमा प्रतिवद्धता गरेका अधिकाशं कार्य सम्पन्न गर्नु गरिसक्नु भएको छ । केही अधुरा कार्य पूरा गर्नको लागि पनि उहाँ पुन वडा अध्यक्षमा दोहोरिदै वडा नंं.१० धबाङलाई त्यहाका जनताको आवश्यक्ता अनुसार काम गर्ने प्रतिवद्धता सहित जनताको घरदैलोमा पुगीरहनु भएको छ ।

 

 

 

 

1,071 total views, 3 views today