चार दलीय गठबन्धनको संयुक्त चुनावी सभा रोल्पाको राङसीमा सम्पन्न

 

रोल्पाको परिवर्तन गाउँपालिका वडा न. २ राङसीमा संयुक्त चार दलको चुनावी सभा सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका वडा न. २ राङसीमा संयुक्त चार दलको गठबन्धन भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी “स्वतन्त्र” बीच गठबन्धन भएको बताइएको छ । संयुक्त चार दलीय चुनावी सभा कार्यक्रमको अध्यक्षता संयुक्त गठबन्धन दलका नेकपा एमाले परिवर्तन गाउँपालिका अध्यक्ष लोकेन्द्र घर्तीको रहेको थियोे । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेस नेत्री तथा पूर्व सहायक मन्त्री भिम कुमारी बुढामगर रहनु भएको आयोजकले जानकारी दिएको छ ।

 

चुनावी सभाको विशिष्ट अतिथिमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हरिप्रसाद वली रहनु भएको थियो । संयुक्त गठबन्धनका नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँपालिका अध्यक्ष तिल बहादुर पुनमगरको स्वागत मन्तव्य बाट सुरु भएको सभामा नेपाली कांग्रेस नेत्री तथा पूर्व सहायक मन्त्री भिम कुमारी बुढामग, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पूर्व सचिव झक्कु प्रसाद घर्ती, नेकपा एमाले लुम्बिनी प्रदेश प्रदेश कमिटी सदस्य हरिप्रसाद वली, नेकपा एमाले परिवर्तन गाउँपालिका इन्चार्ज तेकेन्द्र रोका, नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँपालिका इन्चार्ज मनप्रसाद घर्तीमगर, अखिल क्रान्तिकारीका केन्द्रिय सचीवालय सदस्य अनिल केसी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पूर्व सदस्य तथा महिला नेतृ लक्ष्मी डाँगी, परिवर्तन गाउँपालिका अध्यक्ष उम्मेदवार विश्व कुमार चन्द, परिवर्तन गाउँपालिका उपाध्यक्ष उम्मेदवार सपना रोका (घर्ती) मगर, परिवर्तन गाउँपालिका २ का वडाध्यक्ष उम्मेदवार नन्दकिशोर डाँगी लगाएतले चुनावि सभालाई सम्बोधन गर्नु भएको थियो ।

सभालाई सम्बोधन गर्ने ब्यतिहरुले अहिलेको माओबादि केन्द्रको तर्फ बाट निर्बाचित परिवर्तन गाउँपालिकाको स्थानिय सरकारले जनतालाई बिकासको सातो सास्ती मात्रै दिएको हुनाले त्यसको अन्त्यको लागी आफुहरु एक भएर गठबन्धन गरेको बताएका छन् । अहिलेको परिर्बतन गाउँपालिकाको स्थानिय सरकारले नागरिकको समस्या माथि खेलबाड गरेर खालि झुट्टा आश्वासन मात्र बाँड्न जानेको आरोप समेत लगाएका थिए । यस पटक परिर्बतन गाउँपालिका मा बिगतको जस्तो भ्रम र आश्वासनको मात्र खेती गर्ने पाटीको पछाडी जनता नलागे समेत बताएका थिए । अध्यक्षमा उम्मेदवारी चन्दले आफुले जितेमा गाँउपालिका केन्द्र देखि सबै वडा कार्यालय सम्म सडग बाटो पिच गराउने, माडी गाउँपालिकाको सिमाना देखि रुकुम पूर्वको सिमाना र थबाङ गाउँपालिकाको वडासँग जोडिएको सिमाना सम्म सडग पिच गराउने, कृषकहरूले उत्पादन गरेका वस्तु पालिकाले खरिद गर्ने र बजारिकरण सँग जोड्ने, गाउँपालिका भित्र रहेका खोला नालामा व्यवस्थित तथा बन्धनको व्यवस्था गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, सडक तथा भौतिक पुर्बाधार, बिकास सँगै हालको बढ्दो बेरोजगारी अन्त्यका लागी प्रसस्त रोजगारको सिर्जना गरि बेरोजगारलाई अन्त्य गरी गाँउपालीकालाई कसरी अब्बल बनाउन सकिन्छ भन्ने कुरामा आफु भिजन सहित लागेर नागरीकको सेवा गर्ने समेत बताउनु भएको छ । अहिले गरिरहेको परिबर्तन गाँउपालिका को नेतृत्वमा कुनै त्यस्तो भिजन नँहुदा नागरिकको जिबन स्तरमा कुनै फरक नपरेको बताउदै, आफुलाई परिर्बतन गाँउपालिका बासि जनताले जिताएर सेवा गर्ने अबसर दिएमा परिर्बतन गाँउपालिका भित्र रहेका बिभिन्न समस्याहरुलाइ हल गरेर रोल्पाकै पहिलो नमुना गाँउपालिका बनाउने भिजनका साथ आफु गाँउपालिका अध्यक्षको उम्मेदवार बनेको समेत चन्दले बताउनु भएको छ । संयुक्त चार दलको चुनावी सभा कार्यक्रममा गठबन्धन दलका नेता, कार्यकर्ता तथा विभिन्न भातृ संघमा आवद्ध युवाहरुको सहभागी रहेको थियोे । कार्यक्रमको सञ्चालन संयुक्त गठबन्धन दलको तर्फ बाट नेपाली कांग्रेस रोल्पाका पुर्व जिल्ला कार्य समिति सहसचिव दिपक श्रेष्ठले गर्नु भएको त्यहा बाट अध्यक्षका प्रचार प्रसार संयोजक सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ ।

 

384 total views, 9 views today