जिल्ला स्तरीय शिक्षक सामाग्री निमार्ण तथा प्रस्तुतिकरण प्रतियोगिता लिबाङमा सम्पन्न

 

मालश्री अनलाइन, बैशाख २२ रोल्पा । स्ट्रेम शिक्षा सुदृढिकरण जिल्ला स्तरीय शिक्षक सामाग्री निमार्ण तथा प्रस्तुतिकरण प्रतियोगिता बिहिबार सद रमुकाम लिबाङमा सम्पन्न भएको छ । सामाजिक बिकास डिबिजन कार्यालय रोल्पाको आयोजना रोल्पा जिल्ला भरका रहेका सामुदायिक बिद्यालयमा अध्यापनरत गणित र बिज्ञान शिक्षकहरुको सहभागिता रहेको सामाजिक बिकास डिबिजन कार्यालय प्युठानका अधिकृत हुतराम भट्टाइले जानकारी दिनु भएको छ ।

 

 

सामानिक डिबिजन कार्यालय प्युठानका कार्यालय प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख प्रसासकिय अधिकृत महेन्द्र पराजुली रहनु भएको थियो । जिल्ला स्तरीय शिक्षक सामाग्री निमार्ण तथा प्रस्तुतिकरण प्रतियोगिता रोल्पा जिल्ला भरका ३ वटा बिद्यालयका गणित र बिज्ञान पढाउने शिक्षकहरुले आफुले निमार्ण गरेको बिज्ञान प्रबिधि सँग सम्बन्धित शैक्षिक सामाग्रीहरु प्रदशन गरेको आयोजकले जानकारी दिएको छ । जिल्ला स्तरीय शिक्षक सामाग्री निमार्ण तथा प्रस्तुतिकरण प्रतियोगिता सहभागिता जनाएको बिद्यालयको शिक्षकहरुलाई बिषय बस्तु, स्ट्रेम सामाग्री परिमाण,शिक्षण बिधि र प्रस्तुतिकरण आदिलाई आधार मानेर मुल्याङन गर्दा प्रथम नेपाल राष्ट्रिय नमुना माबि रोल्पा नगर पालिका ६ कोटगाँउ, द्धितिय बालकल्याण नमुना माबि लिबाङ र तृतीय नेपाल राष्ट्रिय नमुना माबि परिर्बतन गाउँपालिका वडा न. ५ मौलाबोट राङकोट भएको छ । प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने शिक्षकलाई नगद रकम सहित प्रमाण दिएर पुरस्कृत गरिको थियो । कार्यक्रमका सहभागिहरुको तर्फबाट नेपाल राष्ट्रिय नमुना माबि कोटगाउँका गणित शिक्षक तेक बहादुर घर्ति, नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्द, बालकल्याण नमुना माबि लिबाङका प्रधानाध्यापक मधुसुदन पोख्रेल, लगाएतले मनतब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण सहजकर्ता बिशाल पोख्रेलले गर्नु भएको थियो । स्ट्रेम शिक्षा सुदृढिकरण अन्तरगत जिल्ला स्तरीय बिद्यार्थि सामाग्री निमार्ण तथा प्रस्तुतिकरण प्रतियोगिता बैशाखा २३ गते बालकल्याण नमुना माबि लिबाङमा हुने समेत आयोजकले जानकारी दिएको छ ।

283 total views, 1 views today