नेपाली कांग्रेस लुङग्रीको चुनावि अभियान वडा न. ३ को बिभिन्न टोलमा जारी

 

मालश्री अनलाइन, बैशाख २३ रोल्पा ।  आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनलाई मध्य नजर गरि नेपाली कांग्रेस लुङग्री गाँउपालिकाले आफ्नो चुनावि अभियानलाई तिब्रता दिएको छ । सोहि क्रममा शुक्रबार लुङग्री गाँउपालिका वडा न. ३ को बिभिन्न टोेलमा पुगेर घरदैलो अभियान संचालन गरेको नेपाली कांग्रेस लुङग्री गाँउपालिकाले जानकारी दिएको छ । अभियानको क्रममा लुङग्री गाँउपालिकाल वडा न.३का नागरिकहरुको घर —घरमा पुगेर मतदाताहर सँग भेतघाट गरेकोे नेपाल सास्कृतिक संघ रोल्पाका अध्यक्ष एंव युवा नेता सागर बाबु पुनले जानकारी दिनु भएको छ ।

 

घरदैलो अभियान कार्यक्रममा प्रदेश सभा १ क का नेपाली कांग्रेसका क्षेत्रीय सभापति दृर्गा बहादुर खड्का, लुङग्री गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जनक खड्का, तरुण युबा लगाएत अन्य नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो । आफुहरु मतदाताको घरदैलोमा पुग्दा जनताहरु नेपाली कांग्रेस प्रति उत्साहित भएको बताइएको छ । आफुहरुको गाँउमा अहिले सम्म नेपाली कांग्रेसका उम्मेदवार मात्र जनताको गुनासो सुन्न र भोट माग्न आएको भन्दै स्थानिय बासिहरु उत्साहित समेत भएको चुनाव प्रचार प्रसार अभियान टोलिले जानकारी दिएको छ । अभियानको क्रममा कम्यनिष्टहरुले आफुहरुलाई नेपाली कांगेसलाई भोट हाल्न हुन भनेर दर धम्की दिनुको साथै मतदान स्थलमा सिसि क्यामेरा जडान गरको हुन्छ, कस्लाई भोट हालेको हो भनेर थाँहा पाइहाल्छौ भनेर क्रासमा देखाएको अभियानको क्रममा जनताले आफुहरु सँग गुनासो पोखेको नेपाली कागं्रेस लुङग्री गाँउपालिका प्रचार प्रसार समितीले जानकारी दिएको छ । मतदान स्थलमा सिसि क्यामेरा जडान गरेको भन्ने भ्रामक प्रचार कम्यनिष्टहरुले गरको हुनाले त्यसको पछि नलागेर मतदान गर्ने ठाँउ अति गोप्य हुने भएको हुनाले त्यसको पछि नलाग्ने समेत लुंग्री बासि आम मतदातालाई नेपाली कांग्रेस लुङग्री गाँउपालिकाले सबैलाई अनुरोध समेत गरको छ ।

 

444 total views, 1 views today