जिल्ला स्तरीय बिद्यार्थि स्टेम च्यालेन्ज प्रतियोगिता लिबाङमा सम्पन्न

 

मालश्री अनलाइन, बैशाख २३ रोल्पा । स्ट्रेम शिक्षा सुदृढिकरण जिल्ला स्तरीय जिल्ला स्तरीय बिद्यार्थि स्टेम च्यालेन्ज प्रतियोगिता शुक्रबार बालकल्याण नमुना माद्यामिक बिद्यालय लिबाङमा सम्पन्न भएको छ । सामाजिक बिकास डिबिजन कार्यालय रोल्पाको आयोजना रोल्पा जिल्ला भरका रहेका सामुदायिक बिद्यालयमा अध्यनरत केहि बिद्यालयका बिद्यार्थिहरुले गणित र बिज्ञान बिषयको आफु निमार्ण गरेको शैक्षिक सामाग्री प्रदर्शन गरेको सामाजिक बिकास डिबिजन कार्यालय प्युठानका अधिकृत हुतराम भट्टाइले जानकारी दिनु भएको छ ।

सामानिक डिबिजन कार्यालय प्युठानका कार्यालय प्रमुख बिष्णु प्रसाद भुसाल, बालकल्याण नमुना माद्यामिक बिद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलको बिषेश उपस्थितिमा जिल्ला स्तरीय बिद्यार्थि सामाग्री निमार्ण तथा प्रस्तुतिकरण प्रतियोगिता गरिएको आयोजकले जानकारी दिएको छ । प्रस्तुतिकरण प्रतियोगिता कार्यक्रममा रोल्पा जिल्ला भरका ४ वटा बिद्यालयकाहरुको सहभागिता रहेको थियो । प्रस्तुतिकरण प्रतियोगिता प्रदर्शनिमा बिद्यार्थिहरुले गणित र बिज्ञान बिषयको बिभिन्न खाले आफुले निमार्ण गरेको बिज्ञान प्रबिधि सँग सम्बन्धित शैक्षिक सामाग्रीहरु प्रदशन गरेको आयोजकले जानकारी दिएको छ । जिल्ला स्तरीय शिक्षक सामाग्री निमार्ण तथा प्रस्तुतिकरण प्रतियोगिता सहभागिता जनाएको बिद्यालयको बिद्यार्थिहरुलाई बिषय बस्तु, स्ट्रेम सामाग्री परिमाण,शिक्षण बिधि र प्रस्तुतिकरण आदिलाई आधार मानेर मुल्याङन गर्दा प्रथम बालकल्याण नमुना माबि लिबाङ, द्धितिय नेपाल राष्ट्रिय नमुना माबि रोल्पा नगर पालिका ६ कोटगाँउ, तृतीय नेपाल राष्ट्रिय नमुना माबि परिर्बतन गाउँपालिका वडा न. ५ मौलाबोट राङकोट र सानत्वना तारा माद्यामिक बिद्यालय रोल्पा नगरपालिका १ बामरुक बाट सहभागि बिद्यार्थिहरु भएका थिए । प्रतियोगितामा स्थान प्राप्त गर्ने बिद्यार्थिहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्रद्धारा सम्मानित समेत गरिएको थियो । कार्यक्रमको सहजिकरण सहजकर्ता बिशाल पोख्रेलले गर्नु भएको थियो । प्रतियोगितामा सहभागि भएर आफुहरुले आफ्नो क्षेमता प्रदर्शन गर्न पाएकोमा बिद्यार्थिहरुले खुशि समेत ब्यत गरेका थिए । यस्तो प्रकारको कार्यक्रमले आफुहरुलाई थप शैक्षिक सामाग्री निमार्ण गर्नको लागी हौसला बढेको बताउदै यस्तो खाले कार्यक्रम समय — समयमा गर्नु पर्नेमा समेत बिद्यार्थिले जोड दिएका थिए ।

 

164 total views, 1 views today