नेपाली कांग्रेस रोल्पा नगरपालिकाकाे चुनावि अभियान जेदबाङमा सम्पन्न

मालश्री अनलाइन, बैशाख २३ रोल्पा । आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनलाई मध्य नजर गरि नेपाली कांग्रेस रोल्पा नगरपालिकाले आफ्नो चुनावि अभियानलाई तिब्रता दिएको छ । सोहि क्रममा शुक्रबार रोल्पा नगरपालिका वडा न. ५ को जेदबाङमा आफ्नो चुनाबि अभियान गरेको नेपाली कांग्रेस रोल्पा नगरपालिकाले जानकारी दिएको छ ।

चुनावि सभालाई नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य, पुर्ब सांसद लेखनाथ आचार्य, नेपाली कांग्रेस रोल्पा पुर्ब पाटी सभापति कृष्ण बहादुर घर्ति मगर, नेपाली कांग्रेसको १४ औ महाधिबेसन प्रतिनिधि तथा नेपाल बिद्यार्थि संघका पुर्ब महामन्त्री मनोजमणि आचार्य, नेपाली कांग्रेस रोल्पाका सचिब तथा रोल्पा नगरपालिका मेयर पदका उम्मेदवार शेर बहादुर थापा, नेपाली कांग्रेस लुम्बिनि प्रदेश सदस्य तथा रोल्पा नगरपालिका उपमेयर उम्मेदवार पुष्पा श्रेष्ठ, नेपाली कांग्रेस प्रदेश सभा १ क का क्षेत्रीय सचिव पारसमणि गिरी, नेपाली कांग्रेस रोल्पा नगरपालिका सभापति चन्द्र प्रकाश आचार्य लगाएतले चुनावि सभालाई सम्बोधन गर्नु भएको नेपाली कांग्रेस रोल्पा नगरपालिका चुनाव प्रचार प्रसार समिती रोल्पाले जानकारी दिएको छ ।

184 total views, 1 views today