नेकपा माओबादी केन्द्र सुनछहरी गाउँपालिको चुनावि सभा जैमाकसलामा सम्पन्न

 

मालश्री अनलाइन, बैशाख २४ रोल्पा । नेकपा माओबादी केन्द सुनछहरी गाउँपालिकामाको बैशाख २० गते देखि शुरु भएको चुनावि सभा शनिबार वडा न. ५ जैमाकसलामा सम्पन्न भएको छ । गाउँपालिकाको सवै वडामा भएको चुनावि सभा शनिबार वडा न. ५ जैमाकसलामा सम्पन्न भएको नेकपा माओबादि केन्द्र सुनछहरी गाँउपालिका रोल्पाले जानकारी दिएको छ ।

नेकपा माओबादि केन्द्र सुनछहरी गाउपालिका सचिब झने घर्तीमगर अध्यक्षता मा भएको चुनावि सभाको प्रमुख अतिथि नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य तथा उपराष्टपतिका स्वकीय सचिब सुकबहादुर रोका मगर रहनु भएको थियो । सभाको विशिष्ट अतिथिमा नेकपा माओबादि केन्द्रका लुम्बिनि प्रदेश सदस्य तथा सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनमगर रहनु भएको थियो । कार्यक्रमको अन्य अतिथिमा गाउपालीकाा उपाध्यक्ष पबित्रा घर्ती, जन साँस्कृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष प्रगति महरा, जनवादी गायक काँशीराम बुढा, लोक दोहोरी गायक अमर रोका मगर (बिज्ञान) लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्वोधन गर्दै नेकपा माओबादि केन्द्र सुनछहरी गाउँपालीका उपाध्यक्ष पदका उम्मेद्धारले ननकला घतीले पालिकामा स्वास्थ्यको लागि एउटा एम्बुलेन्स, यस भन्दा पहिलेका बर्षहरुमा दर्ता गरिएको कृषि समुहलाइ निरन्तरता दिने बताउनु थियो । उपाध्यक्ष पदका उम्मेद्धारले घर्तीले सुनछहरी गाउँपालीकामा नेकपा माओबादी केन्द्रले जितेमा हर समय महिलाको हक र अधिकारको लागि दिनरात खटेर गाउँपालीका बासिको सेवा गर्ने समेत बताउनु भएको त्यहा बाट मनकुमारी घर्ति मगरले जानकारी दिनु भएको छ । चुनावि सभाको संचालन नेकपा माओबादि केन्द्र सुनछहरी गाउँपालिका उपाध्यक्ष महाविर रानाले गर्नु भएको थियो ।

163 total views, 1 views today