नेपाली कांग्रेस लुङग्रीले चुनावि घरदैलो अभियान तिब्र पार्दै

 

मालश्री अनलाइन, बैशाख २५ रोल्पा । आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनलाई मध्य नजर गरि नेपाली कांग्रेस लुङग्री गाँउपालिकाले आफ्नो चुनावि अभियानलाई तिब्रता दिएको छ । सोहि क्रममा मंगलबार लुङग्री गाँउपालिका वडा न. १ को बिभिन्न टोेलमा पुगेर घरदैलो अभियान संचालन गरेको नेपाली कांग्रेस लुङग्री गाँउपालिकाले जानकारी दिएको छ ।

 

अभियानको क्रममा लुङग्री गाँउपालिकाल वडा न.१ का नागरिकहरुको घर —घरमा पुगेर मतदाताहर सँग भेतघाट गरेकोे नेपाल सास्कृतिक संघ रोल्पाका अध्यक्ष एंव युवा नेता सागर बाबु पुनले जानकारी दिनु भएको छ । घरदैलो अभियान कार्यक्रममा लुङग्री गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जनक खड्का, नेपाली कांग्रेस लुङग्री गाँउपालिका उपसभापति मोती पुन मदन, लुङग्री गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार मुन्नीदेबि रोका क्षेत्री, तरुण युवा लगाएत अन्य नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो । आफुहरु मतदाताको घरदैलोमा पुग्दा जनताहरु नेपाली कांग्रेस प्रति उत्साहित भएको बताइएको छ । जनताको हरेक समस्यालाई नजिक बाट हेर्न र सधै नागरिकको दुःख शुखमा साथ दिएर काम गर्नको लागी सुझाब समेत दिएको नेपाली कांग्रेस लुङग्री गाउँपालिका प्रचार प्रसार समितीले जानकारी दिएको छ । अहिले पनि आफ्ना मतदाताहरुलाई नेकपा मओबादि केन्द्रका केहि ब्यति हिजो १० बर्षे ससत्र युद्धको समयमा गरिने जस्तो ब्याबहार गरेर जनतालाई त्रासमा राख्ने गरेको समेत नेपालि कांग्रेसले आरोप लगाएको छ ।

236 total views, 1 views today