कर्मचारी खटनपटनमा बिभिन्न संगठनको रोल्पामा बिरोध

मालश्री अनलाइन, बैशाख २५ रोल्पा । आगामि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्मचारी खटनपटनमा जानाजान त्रुटी गरेको भन्दै कर्मचारी संगठनहरुले रोल्पामा बिरोध जनाएका छन् । कांग्रेस, एमाले र माओवादी निकट संगठनहरुले शनिबार एक विज्ञप्ती नै निकालेर बिरोध जनाएका हुन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतको सूचीमा सिनियर र जुनियरको मर्यादा मिचिनुका साथै अपमान गरेको उनीहरुको बिज्ञप्तीमा आरोप छ । आफूहरुसंग समन्वय नगरेको गुनासो गरेका उनीहरुले कनिष्ठ र वरिष्ठको मर्यादा ख्याल नगरिएको प्रति आपत्ति जनाएका हुन् । यस प्रकारको अपमानजनक खटनपटनले राष्ट्रसेवक कर्मचारीको मनोबल कमजोर पार्ने बताउँदै निर्देशिका बमोजिम विवेकपूर्ण मूल्याङ्कन नगरी मनोमानि व्याख्या गरिएको कर्मचारी संगठनको आरोप छ । यो त्रुटिलाई तत्काल सच्याउन समेत उनीहरुले आग्रह गरेका छन् ।

624 total views, 1 views today