घर्तिगाउ प्रहरी शक्तिको पछि लागेको कांग्रेस, एमालेको आरोप

मालश्री अनलाइन, बैशाख २५ रोल्पा । प्रहरीले निबेदन दर्ता गर्न नमानेको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले माडी गाँउपालिकाले प्रहरी प्रसासन बिक्री भएको शक्तिको पछि लागेको आरोप लगाएका छन् । बैशाख २१ गते बुधबारका दिन एमाले–कांग्रेस’ गठबन्धनको संयुक्त चुनावी सभाको माडी गाउँपालिकाको तालाबाङमा भएको कार्यक्रम सकेर फर्कने क्रममा वाइसिएलको आक्रमणमा परि एमाले–कांग्रेस’ गठबन्धनका माडी गाँउपालिका तालाबाङका वडाध्यक्षका उम्मेदवार निमबहादुर डाँगीमाथि भएको बिषयलाई लियर इलाका प्रहरी कार्यालय घर्तिगाँउ निबेदन दर्ता गर्न खोज्दा प्रहरीले निबेदन नै बुझ्न नमानेको प्रहरी माथि आरोप लगाएका छन् ।

बैशाख २२ गते इलाका प्रहरी कार्यालय घर्तिगाउ दुइ पक्ष गठबन्धनको बिचमा भएको सहमति अनुसार छलफल गराउनको लागी प्रहरीलाई निबेदन दर्ता गर्न खोज्दा निबेदन दर्ता गराउन नमानेको नेपाली कांग्रेस प्रदेश सभा २ ख का क्षेत्रीय सभापति गोपाल घर्ति मगरले बताउनु भएको छ । दुइ पक्ष बिच भएको सहमति अनुसार कुटाई खाने वडा अध्यक्षका उम्मेदवार डाँगी आए पछि , घटनामा संलकन भनि प्रकाउ परेका ब्यतिलाई छाड्ने, घट्नामा संलगन अन्य थप ब्यतिलाई तत्काल प्रहरीको नियन्त्रण लिउने, घट्नामा प्रयोग गरिएको गाडी सहमति नहुदा सम्म प्रहरीकै नियन्त्रणमै राख्ने सहमती भए पनि प्रहरीले उल्तै दोषिको पक्षमा लागेर काम गरेको आरोप समेत लगाएका छन् । प्रहरीले आफुहरुलाई जानकारी नै नदिई घटना संलगन भै प्रकाउ परेका दल बहादुर घर्ति (कासन), बल बहादुर घर्तिलाई छोडेको, अन्य घटनामा संलगन ब्यतिलाई प्रकाउन गर्न नसेको र गाडी पनि सहमति बिपरित छोडेको भन्दै प्रहरी माथि नेपाली कांग्रेस र नेकपा एमाले आक्रोसित भएका छन् । समयमै प्रहरीले बैशाख २२ गते भएको सहमति अनुसार काम नगरेमा आफुहरु चुपलागेर नबस्ने कांग्रेस, एमाले गठबन्धनले प्रहरीलाई चेतावनि समेत दिएको छ । उता यस बिषयमा इलाका प्रहरी कार्यालय घर्तिगाँउका प्रहरी निरीक्षक देबराज भट्टाई बुझ्दा पिडीतहरुले लगाएको आरोपमा कुनै पनि बुदामा सहमति नभएको बताउनु भएको छ । २४ गते ४ बजे दुइ पक्षको बिचमा छलफल गर्ने सहमति भए अनुसार पिडीत पक्ष समयमै आए पनि पिडक पक्ष समयमा नआएकाले पिडीतले आक्रोष ब्यत गरेको बताउनु भयो । दुबै पक्ष छलफलमा आएत कुराकानीको वातावरण बनाएमा आफुले सहमति गराउने प्रयासमा रहेको समेत प्रहरी निरीक्षक देबराज भट्टाईले बताउनु भएको छ । माडी गाउँपालिकामा नेकपा माओबादी केन्द्र, नेकपा समाजबादी बाट अमर सिह घर्ति र नेपाली कांग्रेस नेकपा एमाले र स्वतन्त्रबाट विजय घर्ति गाउपािलकाको अध्यक्षमा उमेदवारी रहेका छन् ।

1,547 total views, 1 views today