आफूले मतदातासँग कर गरेर भोट नमागेको–चन्दको दाबी

मालश्री अनलाइन, बैशाख २६ रोल्पा । आफूले मतदातासँग कर गरेर भोट नमागेको परिवर्तन गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार चन्दले दावि गर्नु भएको छ । संयुक्त तीन दलीय गठबन्धनका नेपाली कांग्रेस बाट साँझा अध्यक्ष पदका उम्मेद्धार विश्व कुमार चन्दले यस्तो बताउनु भएको हो ।

आफ्नो नियमित घरदैलो कार्यक्रमलाई परिवर्तन गाउँपालिका ६ को विभिन्न टोलका मतदातासँग भेटघाट गर्दै अध्यक्ष पदका उम्मेद्धार चन्दले मतदातासँग कर गरेर भोट नमागेको बताउनु भएको हो । म परिवर्तन गाउँपालिकाको सबै वडामा पुगेको छु चन्दले भन्नुभयो“ मैले मतदाताहरुसँग भोट मागेको छु त मैले करगरेको छैन“चन्दले थप्दै भन्नु भयो मलाई मनपर्छ दिनुहोस् मनपर्दै नदिहोस म दिनै पर्छ भने र करगर्दिन र गर्नु पनि हुन्न ।

मलाई परिवर्तन गाउँपालिकाका जनताहरुले धेरैले चिनछ्न र धेरैले विश्वास पनि गर्छन् त्यो भनिरहनु पर्दैन । चन्द स्वच्छ छ्वी, हविगत स्वभाव, सहयोगी, मिलनशार र मेहनती भएको धेरैले बताउछन् । साच्चिकै परिवर्तन गाउँपालिकामा चन्द अध्यक्ष भएर आएमा पालिकाको मुहार फेरिन्नेमा विश्वस्त देखिन्छ । परिवर्तन गाउँपालिका अध्यक्ष उम्मेदवारका बन्ने पछी आफ्नो एजेन्डा अगाडि बढाउनु भएको छ ।

 

जसमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाइ, सञ्चार, पर्यटन, रोजगार, कृषि तथा पशु लगाएतका एजेन्डा अगाडि सार्नु भएको चन्दा चुनाव प्रचारप्रसार प्रेस संयोजक सुर्य प्रकाश बुढामगरले जानकारी दिनु भएको छ।साथै घरदैलो कार्यक्रममा संयुक्त तीन दलीय गठबन्धनका नेकपा एमाले बाट परिवर्तन गाउँपालिका उपाध्यक्ष उम्मेदवार सपना रोका(घर्ती)को समेत सहभागिता रहेको थियोे।घर्तीले पनि आफूलाई अमुल्य भोट दिएर आफ्नो सबै प्यानललाई विजयी गराउन आग्रह गर्नुभयो ।

 

381 total views, 11 views today