बाल विवाह तथा मदिरा न्यूनीकरण सम्बन्धि अन्तरक्रिया स्युरी स्वास्थ्य चौकीमा सम्पन्न

मालश्री अनलाइन, बैशाख २६ रोल्पा । सुनछहरी गाउँपालिका ४ नम्बर वडाको स्युरी स्वास्थ्य चौकीमा बाल विवाह तथा मदिरा न्यूनीकरण सम्बन्धि एक दिने पुनर्ताजगी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समृद्ध समाज स्युरीबासिको सान, सामाजिक सेवा हाम्रो अभियान“ भन्ने मुल नाराका साथ ४ नम्बर वडा कार्यालय स्युरीको आर्थिक सहयोग एवं संयुक्त युवा क्लव स्युरीको आयोजनामा सोमबार एक कार्यक्रमका विच सम्पन्न भएको हो । संयुक्त युवा क्लबका अध्यक्ष मन कुमार घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा सुनछहरी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा क्लबका संरक्षक खडक बहादुर घर्तीमगर रहनु भएको थियो ।

कार्यक्रममा वडा सदस्यहरु कुलराज बुढामगर र बिमला बिक, नेकपा माओवादी केन्द्रका वडा कमिटि सचिव पुर्ण बुढा मगर, नेपाली काँग्रेसका पुर्व वडा सभापती तथा बुद्धिजीवी दल बहादुर बुढामगर, नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेद्धार हर्क राज बुढामगर, संयुक्त युवा क्लवका सचिव दिनेश पुन मगर, नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका शिक्षक जोखबहादुर घर्ती मगर, सुनछहरी प्रा.बिका प्रधानाध्यापक नारायण पुन मगर, सिद्ध प्रा.बि का प्रधानाध्यापक एल्बि घर्ती मगर, सुनछहरी गा.पा ४ र ३ वडामा राष्ट्रिय कृषि गणनामा खटिएकासमीर पुन लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा वडाका सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेबिका, युवा समूह, आमा समुहहरु लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला तथा बालबालिका शाखाका जेनिसा बुढामगरले बाल बालिका को हुन, बाल बिबाह भनेको के हो, वाल विवाह गर्दा पर्ने असर, यसका न्युनिकरण गर्ने उपाय लगाएतका बारेमा प्रशिक्षण गर्नु भएको थियो भने स्युरी स्वास्थ्य चौकिका इन्चार्ज खडक बहादुर गाहा मगरले मदिरा भनेको के हो, मदिरा सेवन गर्दा आफ्नो स्वास्थ्यमा पर्ने असर, यसका वेफाइदा लगाएतका बारेमा प्रष्ट्याउनु भएको थियो । उक्त कार्यक्रमको संचालन सयुक्त सुनछहरी युवा क्लबका संयोजक रण बहादुर घर्तिले गर्नु भएको थियो ।

153 total views, 2 views today