नेकपा माओबादी केन्द्र सुनछहरीको चुनावि सभा फगाममा सम्पन्न

मालश्री अनलाइन, बैशाख २६ रोल्पा । नेकपा माओबादी केन्द्रको चुनावि सभा सोमबार सनुछहरी गाउँपालीका वडा नंं ६ फगाममा सम्पन्न भएको छ ।

नेकपा माओबादी केन्द्र सुनछहरी गाउपालिका वडा नः ६ पार्टी कमिटिका इन्चार्ज भिम बहादुर पुन मगरको अध्यक्षतामा भएको चुनावि सभाको प्रमुख अतिथिमा पुर्ब उर्जा तथा जल स्रोत मन्त्री वर्षमान पुन रहनु भएको थियो भने विशष्ट केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज जोख बहादुर महरा र ने.क.पा माओबादि केन्द्रका केन्द्रिय सदस्य तथा स्वकीय सचिब सुकबहादुर रोका मगर रहनु भएको थियो कार्यक्रमा सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनमगर जन साँस्कृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष प्रगति महरा, जनवादी गायक काँशीराम बुढा लोक दोहोरी गायक अमर रोका मगर लगाएतको आतिथ्यता रहेको थियो । चुनावि सभा कार्यक्रमको सञ्चालन सुनछहरी गाउँपालिका पाटीका उपाध्यक्ष महाविर रानाले गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रमा आस्तावान सम्पुर्णको उपस्तीथी रहेको थियो । उम्मेद्धार हरुले ७ वटा स्थानमा गोलाकार भित्रको हंसिया हथौड़ा चिन्हमा स्वष्तिक छाप लगाइ भारि मतले जिताउन आग्रह गर्नुभएको थियो ।

 

346 total views, 3 views today