रोल्पाको गंगादेवमा माओवादी कार्यकर्ताद्वारा खुकुरी प्रहार, कांग्रेसका दुई कार्यकर्ता घाइते

मालश्री अनलाइन, बैशाख २७ रोल्पा । नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्।

गंगादेव गाउँपालिका–५ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीको निर्देशनमा स्थानीय गुण्डाको समुहले आफ्ना कार्यकर्ता माथि खुकुरी प्रहरी गरेको नेपाली कांग्रेस गंगादेवले जनाएको छ । वडाध्यक्षका उम्मेदवार डाँगीबाट परिचालित राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन् । घाइते मध्ये मनबहादुरको अवस्था गम्भीर भएपछि थप उपचारको लागि दाङ लगिएको र त्यहा सम्भव नभएपछी कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ भने कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नेपाली कांग्रेसले जनाएको छ ।

घटनापछि तत्काल प्रहरी चौकि पाखापानी, ईलाका प्रहरी कार्यालय सुखाओेढार र निर्वाचनको लागि खटिएको सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको थियो । थप अनुसन्धानको लागि राति ११ बजे लिबाङबाट हिडेको प्रहरी टोली बिहान साढे ३ बजे घटनास्थलमा पुगि अनुसन्धान सुरु गरेको प्रमुुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरे सहितको टोलीले अहिले अनुसन्धान गरिरहेको र घटना रातिको समयमा भएकाले अझै अनुसन्धानकै क्रममा रहेको हुदा अहिलेसम्म कुनै एकिन नभएको बताउनु भएको छ ।

खुकुरी प्रहार गर्नेको नाम पहिले नै खुलाइएको भए पनि प्रहरी अनुसन्धानको रुपमा घटनाबारे विशेष निगरानी बढाएर अनुसन्धान भइरहेको प्रजिअ सापकोटाले बताउनु भएको छ । उता जिल्ला प्रहरी कार्यालयले पनि अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको बताएको छ । पछिल्लो केही दिन यता निर्वाचन लक्षित कार्यक्रमको लागि पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती गंगादेव गाउँपालिकामा नै रहेको बेलामा आफ्ना कार्यकर्ता माथि खुकुरी प्रहार नियोजित रुपमा भएको कांग्रेसका स्थानीय नेताहरुले बताएका छन् ।

 

 

1,210 total views, 1 views today