रोल्पाका सबै स्थानीय तहमा माओवादीको विजयी हुने वर्षमान पुनको दावी

मालश्री अनलाइन, बैशाख २७ रोल्पा । प्रेस सेन्टर रोल्पाले लिबाङमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पुर्व उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रि बर्षमान पुन रोल्पा आएको अवसरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।

प्रेस सेन्टर रोल्पाका अध्यक्ष देवि गुरुङको अध्यक्षतामा सम्पन्न भएको भेटघाट कार्यक्रमको संचालन प्रेस सेन्टरका रमेश डागीले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा पुर्व उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रि बर्षमान पुन रहनु भएको थियो । कार्यक्रमको अन्य अतिथीहरुमा नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष तथा रोल्पा नगरपालिका मेयर पदका उम्मेदवार सुरेन्द्र थापा घर्ती, नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेस सदस्य पुर्ण केसी, पत्रकारहरु मानसिङ विक, नविनलोचन मगर, महेश न्यौपाने, माधवकुमार वली, उमा केसी, गणेश केसी लगाएतको उपस्थिती रहेको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले विप्लव नेतृत्वको नेकपाका स्वतन्त्र उम्मेदवारहरूले केही लाज माने जस्तो गरेकाले उनीहरूलाई हौसला दिनुपर्ने बताउनु भएको हो । जिल्लाका गंगादेव, माडी र सुनछहरी गाउँपालिकाको चुनावी सभामा जाने क्रममा अन्तक्र्रिया गर्ने मौका पाएको भन्दै पुनले ढुक्कसँग प्रतिष्पर्धा गर्न आग्रह समेत गर्नु भएको हो । उहाँहरू (विप्लवका उम्मेदवारहरू) ले केही लाज मानेजस्तो गर्नुभएको छ’, पुनले पुनले भन्नु भयो, ‘त्यसो गर्नु हुँदैन यो प्रक्रियामा आएपछि प्रतिस्पर्धा गर्न पाइन्छ, गठबन्धन गर्न पाइन्छ । विभिन्न आरोह अवरोहकाबीच विप्लव समूह पनि निर्वाचनको मुल प्रवाहमा आउनु स्वागत योग्य कुरा भएको पनि पुनले बताउनु भएको छ । साथै पुनले रोल्पाका सबै स्थानीय तहमा माओवादीले विजयी हुने पनि दावी गर्नुभयो ।

1,176 total views, 1 views today