स्थानीय तह निर्वाचनका लागि रोल्पामा आज राति १२ बजेबाट मौन अवधि सुरु हुदै

मालश्री अनलाइन, बैशाख २७ रोल्पा । स्थानीय तह निर्वाचनका लागि रोल्पामा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भन्दै मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले एक सुचना जारी गर्दै मंगलबार राति १२ बजेबाट स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुने र सो अवधिमा राजनीतिक दल तथा दलका उम्मेदवारलाई आयोगले तोके अनुसारको दायरामा रहेर गतिविधि गर्न सूचना मार्फत उल्लेख गर्नु भएको छ ।

मंगलबार राती १२ बजे देखि मतदान कार्य समाप्त नभए सम्म कुनै उम्मेद्धार अथवा दलको पक्ष वा विपक्षमा गर्ने वा नगर्ने सभा वोलाउन आयोजना गर्न, जुलुस निकाल्न वा नारावाजी गर्ने तथा कुनै पनी प्रकारले प्रचार प्रशार गर्ने कार्य पुर्ण रुपमा निषेध गरिएको हुदा यस्ता कार्य नगर्न जिल्ला प्रशासन कार्यालय रोल्पाले सुचना मार्फत जानकारी गराएको छ ।

273 total views, 2 views today