सबैले रुचाएका वडा अध्यक्षका उम्मेदवार — खिमविक्रम चन्द

 

मालश्री अनलाइन, बैशाख २७ रोल्पा । आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि परिवर्तन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार खिमविक्रम चन्द सबैले रुचाएका उम्मेदवार बन्नु भएको छ । २०५१ साल देखि जनता माध्यामिक विद्यालय इरिबाङ बागमारामा अध्यापन सुरु गरेका चन्द २०५६ साल देखि उक्त विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै विद्यालयको नेतृत्व गर्नु भएको थियो । २०७३ साल सम्म प्रधानाध्यापकको भुमिकामा रहेर इमान्दर पुर्वक विद्यालय प्रशासन संचालन गरेको चन्द अहिले वडा अध्यक्षमा नेपाली काँग्रेस बाट उम्मेदवारी दिनु भएको छ ।

 

चन्दले पश्चिम रोल्पाकै पुरानो र चर्चित युवा क्लव लालिगँुरास युवा क्लवको एक कार्यकाल अध्यक्ष पदको जिम्मेवारी सम्हाली सफलता पुर्वक युवा र समुदाय परिचालन संगै क्वल संचालन गरेको अनुभव पनि छ । पश्चिम रोल्पाको बागमारामा रहेको सयपत्रि बचत तथा क्रण सहकारी सस्थाको दुइ कार्यकाल अध्यक्षको भुमिकामा रहि सफलता पुर्वक काम गरेको भन्दै स्थानिय वासीहरुले यस पटक बडा अध्यक्षको भुमिकामा पु¥याउनका लागि मतदान गर्न आतुर रहेको समेत बताएका छन । लामो समय सम्म विद्यालय, क्लव र आर्थिक कारोवार गर्ने सस्थाको नेतृत्व गर्दा पनि कुनै अनियमितता संग नजोडियर स्वच्छ छबि कायम राखेको भन्दै सबैले उँहाको तारिफ गरिरहेका छन् । सबै सबैको सामुहिक हितमा रहेर काम गरेको भन्दै चन्दलाइ जिताउनका लागि परिवर्तन गाउँपालिका वडा नं. ३ बासि प्राय सबै चन्दकै पक्षमा देखिन्छन । आफु निकट भन्दा बाहिर फरक विचार, आस्था बोक्ने ब्यक्तिहरुले पनि खुलेरै वडा अध्यक्षका उम्मेदवार चन्दलाइ चुनावमा सहयोग गर्ने समेत बताएका छन । केही समर्थक एवं शुभचिन्तकहरुले आफुहरु बैचारिक हिसावले फरक विचर र आस्था बोक्ने भए पनि यस पटकको स्थानिय तहको चुनावमा परिवर्तन गाउँपालिका वडा नं. ३ को वडा अध्यक्षमा खिमविक्रम चन्दलाइ नै मतदान गर्ने भन्दै सामाजिक संजालमा उहाकै पक्षमा भोट हाल्न आग्रह गरिरहेका छन । सबै उम्मेदवारको अगाडी,पछाडी हिजो आज ठुलै जमात प्रचारमा हिड्ेको पाइन्छ तर चन्द भने एक दुइ जना साथिलाइ मात्र लिएर गाँउ–गाउँमा पुग्दा सबैले तपाई जस्तो इमान्दार र समाजसेबि ब्यक्तिलाई भोट हाल्न हामि आतुर भएका छाँै, भन्दै गाउँलेहरुले आफुलाई भन्ने गरेको समेत उम्मेदवार चन्दले हामिलाई बताउनु भयो । यस पालिको एक भोट आफ्नो शिक्षाको बाटो देखाउने गुरुलाई भन्दै सामाजिक संजालमा भोट माग्नुका साथै आफुहरु भोट हाल्न आतुर भएको विद्यार्थीहरुको प्रतिक्रिया रहेको छ ।

 

621 total views, 1 views today