गंगादेवमा कांग्रेस कार्यकर्तालाई खुकुरी प्रहार गर्ने माओवादी कार्यकर्ता सल्यान बाट पक्राउ

मालश्री अनलाइन, बैशाख २८ रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेस कार्यकर्तालाई खुकुरी प्रहार गर्ने एक जना माओवादी कार्यकर्तालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ ।

खुकुरी प्रहार गरि फरार रहेका प्रकाश केसीलाई सल्यानको थारमारेबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रोल्पाका डिएसपि बिनोद घिमिरेले बताउनु भयो ।

सोमवार राति गंगादेब गाउँपालिका–५ बस्नेयौटामा खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा घाइते भएका थिए । घाईतेको अवस्था गम्भिर भए पछि उनलाई सोहिदिन राती नै दाङ अस्पताल हुदै नेपालगञ्ज लगिएको हो ।

1,534 total views, 1 views today