रोल्पामा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ परीक्षा सम्पन्न

 

मालश्री अनलाइन जेष्ठ ९ गते रोल्पा । रोल्पामा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ परीक्षा सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार रोल्पा जिल्ला तेक्वान्न्दो संघ अन्तर्गत संचालन भएका जिल्ला भरका सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ परीक्षा जेष्ठ ७ गते सम्पन्न भएको हो । प्रथम डान र दोस्रो डान बल्याक वेल्टको ग्रेडिङ परीक्षामा प्रथम डान बल्याक वेल्ट तर्फ १० जना र दोस्रो डान बल्याक वेल्ट तर्फ ५ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

उक्त ग्रेडिङ परीक्षामा रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्री, उपाध्यक्ष त्रिभुवन राना, सहसचिब दिलीप परियार, रोल्पा जिल्ला तेक्वान्दो संघका प्रदेश सदस्य दिनेश बुढामगर, जिल्ला ग्रेडिङ समितिका पदाधिकारीहरु लगायत जिल्ला स्थित तेक्वान्दोका सिनियर खेलाडी तथा तेक्वान्दो प्रेमीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीले नेपाल देशलाई अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरमा धेरै मेडल लिने खेल र नेपाल देशको शिर उचो राख्ने खेल भएकोले नेपाल तेक्वान्दो संघको विधान कार्यक्रम अनुसार ग्रेडिङ कार्यक्रममा सहभागी हुने खेलाडीहरुलाई तेक्वान्दो खेलको माध्यमिक र उच्च माध्यमिक तहको परीक्षामा सफलता पूर्वक सहभागीता र सौहार्दपूर्ण रुपमा सबै जनाले उत्कृष्ट प्रर्दशन गर्नु भएकोले सबै जनालाई सफलताको शुभकामना सहित परीक्षार्थीहरुलाई आआफ्नो पालिका गाउँमा तेक्वान्दो खेलको विकासमा थव टेवा पुर्याउनु हुनेछ भन्ने शुभकामना दिनु भएको थियो ।

296 total views, 1 views today