सुरक्षित गर्भपतन सम्वन्धि संचारकर्मीहरुसंग अन्तरक्रिया

मालश्री अनलाइन, जेष्ठ ९ गते रोल्पा । संचारकर्मीहरुसंग सुरक्षित गर्भपतन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । आइपास नेपालको आर्थिक सहयोग, पास नेपालको सहजिकरणमा सञ्चारकर्मी संग छलफल कार्यक्रम सोमबार रोल्पाको सदरमुकाम लिवाङमा सम्पन्न भएको हो ।

आजको छलफलमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा कसरी समाचार लेख्ने, सम्प्रेशनहरु कस्ता भएका छन्, लगाएतका विषयमा छलफल गरिएको थियो । रोल्पामा २० बर्ष मुनी गर्भपतन गराउनेको सख्या २०७६÷७७ मा ८७ प्रतिशत, ७७÷७८ मा ६६ प्रतिसत, ७८÷७९ मा ६८ प्रतिशत रहेको स्वास्थ्य कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नोखराज पोखरेलले तथ्याक सार्वजनिक गर्नुभएको थियो ।

गर्भपतन सम्वन्धि समाजमा भएको गलत सोचाइमा सुरुवाती चरण भन्दा अहिले केहि परिवर्तन आएको भएपनी कतिपय समाजमा सुरक्षित गर्भतन भनेको केहो भन्ने नै थाहाँ नभएको हुदा यस्ता कुरा बुझाउन अझै जरुरी रहेको छ । त्यसैले समाजमा भएको गलत धाराणा लाई चिरेर यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुरक्षित गर्भपतन लाई प्राथाकितामा राखेर समाचार लेख्न, जनचेतना फैलाउन जरुरी रहेको छ ।

रोल्पा जिल्लाको १० वटै स्थानीय तहका १२ ठाउँबाट सुरक्षित गर्भपतन सेवा सम्वन्धि परामर्श र यस बारे जानकारी लिन सकिने पास नेपाल जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सस्थापक अध्यक्ष काशीराम डाँगी, नेपाल पत्रकार माहासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, निर्वतमान अध्यक्ष महेश न्यौपाने, नागरिक दैनिका संवादाता दिनेश सुबेदी, रेडियो जलजलाका स्टेसन म्यानेजर देबी गुरुङ, रेडियो मालश्रीका हिमा खड्का, लगाएत विभिन्न मिडियामा आवद्ध पत्रकारहरुकोे उपस्थित रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन पास नेपालकी फोकल प्रशन दिलकुमारी बुढाले गर्नुभएको थियो भने यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुरक्षित गर्भपतनको बारेमा पास नेपालकि संयोजक ममता के.सी ले प्रष्ट पार्नुभएको थियो ।

 

177 total views, 1 views today