मतदातालाई धन्यवाद दिन टोल टोलमा पुगे– चन्द

मालश्री अनलाइन, जेष्ठ ९ गते रोल्पा । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा परिवर्तन गाउँपालिका नेपाली कांग्रेस बाट अध्यक्ष प्रत्यासी विश्व कुमार चन्दले भिन्नै खालको राजनीतिक संस्कारको विस्तार गर्नु भएको छ ।

 

मैदानमा खेलको प्राजय व्यहोर्नुको पिडा अरुलाई थाहा हुन्न त्यो पिडा खेलाडीलाई मात्र थाहा हुन्छ । तर विश्व कुमार चन्दलाई भने खेलमा हारको कुनै महशुस छैन । परिवर्तन गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको प्रतिद्वन्द्वीले करिब २ हजार ६ सय १९ मतान्तरले जितेको ताजै छ ।

अहिलेको बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा हेर्दा जम्मा १८९ मतको मात्र अन्तर रहेकोे छ । चन्द झिनो मतले प्राजित हुन पुग्नुभएको हो । प्राजित हुँदा समेत चन्द उत्साहका साथ आफूलाई अमुल्य भोट दिएर सहयोग गर्ने मतदाताहरुलाई भेटघाट गर्न र धन्यवाद दिन टोल टोलमा धाउनु भएको छ । परिवर्तन गाउँपालिका ६ वटै वडाका विभिन्न टोलहरुमा मतदातालाई भेट्न र धन्यवादका शब्द बोल्न पुग्नु भएको नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ ।

चुनावको समयमा भोट माग्न घर–घर जाँदा चन्दले भन्नुभएको थियो“मैले चुनाव जिते पनि तपाईंहरुलाई भेट्न आउँछु,मैले चुनाव हारे पनि तपाईंहरुलाई भेट्न आउँछु“भनेर बोलेको शब्द पुरा गर्नु भएको युवा सजगता(जागरण)अभियान परिवर्तन गाउँपालिका संयोजक सुर्य प्रकाश बुढामगरको भनाइ रहेको छ ।

उहा जिल्ला भित्र मात्र लोकप्रिय होइन जिल्ला बाहिर पनि उत्तिकै राम्रो छवि भएको व्यक्ति हुनुहुन्छ । चन्द रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका निवर्तमान अध्यक्ष समेत भइसक्नु भएको छ भने विभिन्न निजि क्षेत्रसँग पनि काम गर्दै आएको अनुभव समेत रहेको छ ।

 

 

746 total views, 1 views today