दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड जेठ २१ मा हुँदै,उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिने

मालश्री अनलाइन, जेष्ठ १७ गते रोल्पा । दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड-२०७८ को जेठ २१ गते हुन लागेको बताइएको छ।अवार्डमा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिने समेत जनाइएको छ।ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली काठमाडौंको आयोजनामा दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड-२०७८ गर्न लागिएको हो।अघिल्लो बर्ष उत्कृष्ट र सान्दार तरिकाले सम्पन्न भएको अवार्ड कार्यक्रम यसपटक २०७९ असार १२ राष्ट्रिय नाचघर जमलमा हुने आयोजकले जानकारी दिएको छ।५० विधामा अवार्ड वितरण गर्ने र विशेष सम्मान गर्ने बताइएको छ।साथै आयोजकले २०७९ जेठ २१ गते उत्कृष्ट ५ मनोनयन सार्वजनिक गर्ने आयोजकका निर्देशक सुनिल बिसीको भनाइ रहेको छ।अवार्डको नाममा अनेकन टिकाटिप्पणी भए जस्तो वा किनबेच गर्ने भन्दा पनि अग्रज श्रस्टाको मान,मर्यादा र नयाँ पुस्तालाई उत्साह,हौंसला दिने अभिप्रायले कार्यक्रम आयोजना गरिएको निर्देशक बिसीले बताउनुभयो । भोटिङबाट ४०प्रतिशत निर्णायकबाट ५०प्रतिशत र आयोजकबाट १०प्रतिशत मुल्यांकनको आधारमा निर्णय हुने आयोजकको भनाइ रहेकोे छ।

181 total views, 1 views today