नेपाली काँग्रेस रोल्पाको स्थानीय तह निर्बाचन २०७९ को समिक्षा कार्यक्रम लिबाङमा सम्पन्न

 

मालश्री अनलाइन, जेष्ठ १८ गते रोल्पा । नेपाली काँग्रेस रोल्पाको स्थानीय तह निर्बाचन २०७९ को समिक्षा कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । नेपाली काँग्रेस रोल्पाका पार्टी सभापती किशोर कुमार आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काँग्रेस लुम्विनी प्रदेसका पार्टी सभापती अम्मरसिङ पुनमगर रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेपाली काँग्रेस लुम्विनी प्रदेसका उप–सभापती भुवनप्रसाद श्रेष्ठ रहनु भएको थियो ।

 

कार्यक्रममा लुम्विनी प्रदेस सदस्य टेक बहादुर बस्नेत, पुष्पा श्रेष्ठ, पुर्व सांसद लेखनाथ आचर्य, नेपाली काँग्रेस रोल्पाका पुर्व पार्टी सभापती माधव प्रसाद आचार्य, कृष्ण बहादुर घर्तिमगर, नेपाली काँग्रेस रोल्पाका उप–सभापती तथा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिवहादुर पुन, नेपाली काँग्रेस रोल्पाका वरिष्ट जिल्ला कार्यसमिति सदस्य मान बहादुर खत्री, नेपाली काँग्रेस प्रदेस सभा १ (क) का सभापती दुर्गा बहादुर खड्का, नेपाली काँग्रेस गंगादेव गाउँपालिकाका सभापती मिन बहादुर खड्का, त्रिवेणि गाउँपालिकाका सभापती दुर्योधन राना, परिवर्तन गाउँपालिका सभापती खड्क बहादुर घर्ति, सुनिलस्मृति गाउँपालिका सभापती आशिष गिरी, लुग्री गाउँपालिका सभापती तथा अध्यक्ष पदका प्रत्यासी जनक खड्का, माडि गाउँपालिका सभापती नवराज डागी, जिल्ला कार्यसमिति रोल्पाका कोषाध्यक्ष बम बहादुर रोका, रुन्टिगढी गाउँपालिका सभापती तथा गाउँपालिका अध्यक्ष जनक पुन, त्रिवेणि गाउँपलिका उपाध्यक्ष लेखमनी डागी, परिवर्तन गाउँपालिका अध्यक्षका पदका प्रत्यासी विश्वकुमार चन्द, सुनछहरी गाउँपालिका वडा नं. ३ का सभापती देउसिङ घर्ति, सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष पदका प्रत्यासी तेजकुमारी विष्ट, परिवर्तन गाउँपालिका वडा नंं ३ का वडा अध्यक्ष खिम विक्रम चन्द र सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडा अध्यक्षका प्रत्यसी सिम बहादुर विष्ट लगाएतले मन्तव्य राख्नु भएको थियो । शमिक्षा कार्यक्रममा नेपाली काँग्रेस रोल्पाका विभिन्न तहका नेता कार्यक्रता भातृ एवं सुभेच्छुक सघंका प्रमुख प्रतिनिधि लगाएतको उपस्थीती रहेको थियो । समिक्षा बैठकमा नेपाली काँग्रेस रोल्पाले वैशाख ३० गते भएको स्थानियतहको निर्वाचनमा २०७४ को भन्दा राम्रो नतिजा ल्याए पनी अपेक्षा अनुसारको नतीजा २०७९ को निर्वाचनमा आउन नसक्नुका विभित विषयमा छलफल एवं अन्तरक्रिया गरिएको थियो । अहिले भएका केहि गल्ती कमजोरीहरुलाई आगामी निर्बाचनमा नहदोर्याउन र कसरी नेपाली काँग्रेसको पक्षमा जनलहर सिर्जना गर्नसकिन्छ भन्ने विषयमा समेत गम्भिर रुपमा छलफल भएको नेपाली काँग्रेस रोल्पाले जानकारी दिएको छ । नेपाली काँग्रेस रोल्पाका उपसभापती कविता उपाध्यए बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तिलक बहादुर बुढाथोकि र शेर बहादुर थापाले गर्नु भएको थियो ।

826 total views, 2 views today