विश्व बाताबरण दिवस रोल्पामा एक अन्तरक्रिया कार्यक्रम गरि मनाइयो

मालश्री अन्लाइन, जेष्ठ २२ रोल्पा । रोल्पामा विश्व बाताबरण दिवस आइतबार एक अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ ।

केवल एउटा पृथ्वी’ भन्ने मुलनाराका साथ डिभिजन बन कार्यालय रोल्पाको आयोजनामा सदुरमुकाम लिबाङमा एक अन्तक्रिया कार्यक्रम गरि मनाइएको हो । डिभिजन बन कार्यालय रोल्पाका डिभिजन वन अधिकृत डा. मोहन प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल रहनु भएको थियो । आजको अन्तरक्रिया कार्यक्रमा बटुक दल गण रोल्पाका सेनानी ज्ञानु थापा, कोलेनी रोल्पाका प्रमुख कोष नियन्त्रक रमेश घिमिरे, घरेलु तथा साना उद्योग रोल्पाका उद्योग अधिकृत तारा प्रसाद सर्मा, उद्योग वाणिज्य सघं रोल्पाका अध्यक्ष केशब कुमार आचार्य, नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पा पुर्व अध्यक्ष खेम बुढा, निर्वतमान अध्यक्ष तथा बाताबरण अभियान्त महेश न्यौपाने, नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, सचिव लोकेन्द्र चन्द लगाएत विभिन्न सञ्चार माध्याममा क्रियासील पत्रकार, विभिन्न सघं सस्थामा अवद्ध कर्मचारी हरुको उपस्तीथ रहेको थियो ।

डिभिजन बन कार्यालय रोल्पाका सहायक डिभिजन बन अधिकृत बाबुराम पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन फोरेष्टर सन्तोष पौडेलले गर्नुभएको थियो । उक्त अवसरमा डिभिजन बन कार्यालय रोल्पाको प्राङगनमा विभिन्न ५ प्रजातिका विरुवा समे रोपिएको हो ।

कार्यक्रममा विश्व बाताबरण दिवस किन मनाउने, जलबायु भनेको केहो, जलवायु परिवर्तन किन हुन्छ, जलवायु परिवर्तन सगं कसरी जुझ्ने लगाएतका विषयमा अन्तरक्रिया छलफल गरिएको हो । विश्व बाताबरण दिवसको अवसरमा कार्यक्रममा बोल्ने वक्ताहरुले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपदबाट जनधनको क्षतिजस्ता असर बढेको हुदा यसलाइ न्युनिकरण गर्न तर्फ लाग्न जोड दिनु पर्ने बताएका थिए ।

साथै सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने बताउदै जल वायु, एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न यो दिवस मनाउदा थप उत्प्रेरणा दिने बताएका हुन् । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्य अनुसार १९७३ देखि जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनि मनाउन थालिएको हो ।

वढ्दो किसिमको प्रदुषण र विग्रदो विश्व बातबरणलाई मानव जाती र प्रकृति र हामी वस्दै आएको पृथवी लाई बचाइ राख्नको लागी सकरात्मक जनचेतना फैलाउन अभिवृद्धि गर्ने उद्यश्यले हरेक वर्ष जुन ५ तारिखका दिन विश्व बाताबरण दिवस मनाउने गरिन्छ ।

 

188 total views, 1 views today