रोल्पामा पहिरोमा पुरिएर एकै घरका दाजुभाइको मृत्यु

मालश्री अनलाइन, जेष्ठ २९ रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा पहिरोमा पुरिएर एकै घरका दाजुभाइको मृत्यु भएको छ ।

आइतबार बिहान ९ बजेतिर परिवर्तन गाउँपालिका वडा नं. ५ दाउन्ने भिरस्थित भित्री रोड कटिङ् गर्ने क्रममा रोकेर राखेको डोजर नजिकै २ जना बच्चाहरु खेलिरहेको अवस्था माथिबाट माटोको ढिस्को खस्दा स्थानीय प्रकाश खड्काका छोराहरु ७ वर्षीय डेविड खड्का र २ वर्षीय ईशान खड्काको पहिरोमा पुरीएर मृत्यु भएको हो ।

पहिरोमा पुरिएका बालकहरुको सब स्थानिय बासि र प्रहरी लागेर बाहिर निकालीएको छ ।‘सडक निमार्ण गर्नको लागी प्रयोग भएको मेसिन रोकेर मेसिनका अप्रेटर खाना खान गएको समयमा सडकको माथिबाट पहिरो झरेको स्थानियले बताएका छन् ।

कानुनी प्रकृया पूरा गरेर पोष्टमार्टमका लागि मृतकको शव रोल्पा अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

1,665 total views, 1 views today