रोल्पा, रुकुम पुर्वमा भुम्या पर्वको रौनक, मुख्यमन्त्री केसीद्धारा शुभकामना व्यक्त

मालश्री अनलाइन, जेष्ठ ३१ रोल्पा । मगर सुमदायको पर्व भुम्या पर्व अवसरमा लुम्बिनी प्रदेसका मुख्यमन्त्री कुलप्रसद केसी ले शुभकामना दिनुभएको छ ।

 

लुम्बिनी प्रदेशको रोल्पा र रुकुम पुर्वका जिल्ला लगायत प्रदेशका विभिन्न स्थानमा बसोबास गर्ने समुदायको लोकप्रिय पर्व भूम्या (नाम्क) पर्व २०७९ को उपलक्षयमा लुम्बिनी प्रदेसका मुख्यमन्त्री कुलप्रसाद केसी ले शुभकामना दिनु भएको हो । प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । मुख्यमन्त्री केसी द्धारा जारी शुभकामना सन्देशमा भनिएको छ । यो पर्व रोल्पा र रुकुम पूर्वमा मगर समुदायको अगुवाईमा सबै समुदायले भव्य रुपमा मनाउने पर्व भएको हुदा लुम्बिनी प्रदेश सरकार रोल्पा र रुकुम पूर्व जिल्लामा असार १ गत सार्वजनिक बिदा दिने गरेको छ । लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु सँस्कृतिले भरिपूर्ण भएको हुदा प्रदेशको विविध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न समेत मुख्यमन्त्री केसीले बताउनु भयो । नेपालको संविधान–२०७२ ले पनि स्वीकार्दै विविध जाति, धर्म, सँस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको अवगत गराउदै नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउनु भयो ।

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने समेत सन्देश मार्फत अवगत गराउनु भएको छ ।

संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने बताउदै विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प रहेको बताउनु भयो । साथै सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा आफुले विश्वास गरेको समेत बताउनु भयो । प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको समेत व्यक्त गर्नुभयो । २०७९ को अवसरमा प्रदेशबाशीको हर्ष, उल्लास र सद्भावपूर्ण भावना कायम रहोस् भन्दै समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशबासी एवं सम्पूर्ण नेपालीहरुमा भुम्या पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पर्वलाई हर्ष उल्लासमय तरिकाले मनाउनको लागि अपिल समेत गर्नुभयो ।

भुम्या पर्व आफ्नो संस्कृति जोगाउन र हिउँदे बाली भित्र्याइसकेर बर्षे बाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् भन्ने विश्वासका साथ यो पर्व मनाउने प्रचलन छ । परापूर्व कालदेखि हरेक वर्ष असार १ गतेदेखि एक हप्तासम्म यो पर्व मनाउने गरिन्छ । भूमि पूजाका अवसरमा देवतालाई बली दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाइ मार्ने समेत चलन रहेको छ ।

 

 

370 total views, 1 views today