माउन्टेन बाइक ट्रेकिङ पदमार्गको १४ किलो मिटर सडक निर्माण सम्पन्न भएको अध्यक्ष बुढा मगरको दाबी

मालश्री अनलाइन, असार १ गते रोल्पा । परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगरले आफू परिवर्तन गाउँपालिका वडा नं.५ राङकोटको वडाध्यक्ष हुँदा आफ्नो कार्यकालमा परिवर्तन गाउँपालिकाको गोरीचौर देखी छड्केधुरी फूलबारी हुँदै थबाङ जोड्ने युद्ध तथा धार्मिक पर्यटनका लागि माउन्टेन बाइक ट्रेकिङ पदमार्गको करिब १४ किलोमिटर कार्य सम्पन्न भएको बताउनु भएको छ ।

 

पालिका अध्यक्ष बुढामगरले पत्रकार सुर्य प्रकाश बुढामगरसँगको एक कुराकानीमा सो कुरा बताउनु भएको हो । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज साझेदारी कार्यक्रम अन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका छनोट परेको थियो । २०७७ फागुन २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज साझेदारीमा २ सय आयोजना छनोट गरेको थियो । माउन्टेन बाइक ट्रेकिङ निर्माणको लागि १ करोड रुपियाँ लागतको अनुमान गरिएको थियोे।संघीय सरकारको पर्यटन मन्त्रालयले ७० लाख रुपियाँ उपलब्ध गराउने र परिवर्तन गाउँपालिकाले ३० लाख रुपियाँ खर्च व्यहोर्ने गरि काम अगाडि बढाइएको थियोे।करिब १ करोडको लागतमा निर्माण भएको र अझै पुरा नभएको बताउदै अध्यक्ष बुढामगरले उक्त पदमार्गलाई निर्माणको लागि निरन्तरता दिने बताउनु भयो । रोल्पामा युद्ध पर्यटन विकासका लागि सुनछहरी गाउँपालिका,थबाङ गाउँपालिका र रुन्टिगढी गाउँपालिकाको होलेरीलाई पनि साझेदारी कार्यक्रममा राख्ने प्रयास गरिएको थियो । तर छनोट कार्यक्रममा परिवर्तन गाउँपालिका परेको थियोे भने लुम्बिनी प्रदेशबाट दुई वटा पालिका छनोट भएका थिए । रोल्पा बाट परिवर्तन गाउँपालिका र नेपालगञ्ज बाट बुटवल उपमहानगरपालिका छनोट भएको थियो।सबै भन्दा ठूलो रकम बुटवल उपमहानगरपालिकाले पाएको थियो । उपमहानगरपालिका अन्तर्गत बटौली(जितगढी)युद्ध संग्राहलय निर्माणका लागि संघीय पर्यटन मन्त्रालयले ४ करोड ९७ लाख रुपैयाँ पाउने भएको थियो । जितगढी अंग्रजसँगको युद्धमा नेपालले विजयी हासिल गरेको ऐतिहासिक ठाउँ समेत मानिन्छ ।

396 total views, 1 views today