प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई राप्रपा रोल्पाको ज्ञापनपत्र

 

मालश्री अनलाइन, असार १ गते रोल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रोल्पाले बिभिन्न माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत बुधबार प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । जनताको प्रत्यक्ष जन जिबन सँग जोडीएका महत्वपुर्ण बिषयहरु खाद्याअन्न ग्यास, खाने तेल, प्रट्रोलिएम पदार्थको चरम मुल्य बृद्धिका साथै किसानलाई मल बिउ समयमा आपुर्ति नभएको भन्दै ६ बुदे ज्ञापन पत्र बुझाएको राप्रपा रोल्पाले जानकारी दिएको छ ।

 

 

ज्ञापन पत्रमा उल्लेख गरिएका मुख्य ६ वटा बुदाहरुमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने, राज सस्था पुनः स्थापन, संघियता खारेज, अनियन्त्रित मुल्य बृद्धि तत्काल रोक्नु पर्ने, भष्ट्रचार नियन्त्रण गर्नुको साथै भष्ट्रचारीलाई कडा कारबार्हि गर्नु पर्ने र किसानलाई मल,बिउ, समयमै उपलब्ध गराउनु पर्ने लगाएको मागहरु जिल्ला अध्यक्ष गोबिन्द बलामिद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टि रोल्पाका अध्यक्ष गोबिन्द बलामि, उपाध्यक्ष राम बहादुर वलि, सह अध्यक्ष केशर बहादुर पुन, जिल्ला कार्य समिती सदस्य गन्ज बहादुर शाहि, राप्रपाको रोल्पा नगरपालिका अध्यक्ष तिलचन्द्र आचार्य लगाएत राप्रपा रोल्पाका आबद्ध नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

 

301 total views, 1 views today