वडा नं.२ का अध्यक्ष गिरीको आमाको निधन प्रति सुलिस्मृति गाउँपालिका द्धारा दुःख व्यक्त

मालश्री अनलाइन, असार ३ गते रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरी लाई मातृ शोक परेको छ ।

वडा अध्यक्ष गिरीको आमा श्यामकला गिरीको ८१ बर्षको उमेरमा निधन भएको हो । सुक्रबार सुनिलस्मृति गाउँपालिका २ खुगी्र स्थित स्थित आफ्नै निवासमा उहाको निधन भएको हो । उहाको निधनप्रति सुनिलस्मृति गाउँपालिकाले गहिरो शोक ब्यक्त गरेको छ ।

साथै मृतको अमर आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस भन्दै सुनिलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकि, उपाध्यक्ष मिना थापा र प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडल द्धारा हस्ताक्षरित सोक विज्ञप्ति भनिएको छ ।

 

212 total views, 1 views today