साइकलबाट लडेर रोल्पामा एक युवकको मृत्यु

 

मालश्री अनलाइन, असार ४ गते रोल्पा । साइकलबाट लडेर परिर्बतन गाँउपालिका वडा न. ५ राङकोट खेसाबाङ छेराका एक युवकको शुक्रबार निधन भएको छ । शुक्रबार बेलुका करिब ६ बजे तिर रोल्पा परिवर्तन गाउँपालिका वडा न. ५ राङकोट खेसावाङ छेरा निबासि शेरबहादुर वलीका छोरा अन्दाजी २१ वर्षीय दिनेश वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । बाटोमा साइकल चलाउने क्रममा साइकल अनियन्त्रित भई बाटोबाट अन्दाजी ३ सय मिटर तल खस्दा उनी गम्भिर घाइते भएका थिए । घाइते वलिलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि रोल्पा अस्पताल रेउघा तर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

1,687 total views, 1 views today