माबि तहका बिज्ञान, गणित शिक्षकहरुका लागी स्टेम शिक्षा सुदृढिकरण र परियोजना कोडिङ,डिकोडिङ तयारी तालिम लिबाङमा शुरु

मालश्री अनलाइन, असार ४ गते रोल्पा । स्टेम शिक्षा सुदृढिकरण बिशेष कार्यक्रम र परियोजना कोडिङ,डिकोडिङ तयारी तालिम शनिबार देखि लिबाङमा शुरु भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा बालकल्याण नमुना माद्यामिक बिद्यालय लिबाङमा संचालन भैरहेको आयोजकले जानकारी दिएको छ ।

 

 

 

सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा रोल्पा नगरपालिकाकि उपमेयर गिता आचार्य रहुनु भएको थियो । कार्यक्रमको अन्य अतिथिहरुमा बाल कल्याण नमुना माद्यायामिक बिद्यालय लिबाङ रोल्पाका प्रध्यानाध्यापक मधुसुदन पोख्रेल, नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्द, बिज्ञान बिषयको प्रशिक्षक बिशाल पोख्रेल र गणित बिषयको प्रशिक्षक बुद्धिसागर पौडेल लगाएको सहभागिता रहेको थियो । सामाजिक बिकास डिभिजन कार्यालय प्युठानका अधिकृत हुतराम भट्टाइको स्वागत मनतब्य बाट शुरु भएको उद्घाटन कार्यक्रमको संचालन सामाजिक बिकास डिभिजन कार्यालय प्युठानका सुचना प्राबिधिक युबेन्द्र न्यौपानेले गर्नु भएको थियो ।

 

 

स्टेम शिक्षा सुदृढिकरण बिशेष कार्यक्रम र परियोजना कोडिङ,डिकोडिङ तयारी तालिममा रोल्पा नगरपालिका, सुनिल स्मृती गाँउपालिका, सुनछहरी गाँउपालिका र लुङग्री गाँउपालिका भित्र रहेका माद्यामिक तहमा बिज्ञान र गणित बिषय अध्यापनरत करिब ५० जना शिक्षक, शिक्षिकाहरुमो सहभागिता रहेको छ । शनिबार पहिलो दिन भएको बिज्ञान र गणित शिक्षकहरुका लागी स्टेम शिक्षा सुदृढिकरण बिशेष तालिम दिएको बताइएको छ । बिज्ञान र गणित शिक्षकहरुलाई छुट्टा छुट्टै राखेर तालिम संचान गरेको सामाजिक बिकास डिभिजन कार्यालय प्युठानका अधिकृत हुतराम भट्टाइले रेडियो मालश्री र मालश्री अनलाइनलाई जानकारी दिनु भएको छ । बिज्ञान र गणित शिक्षकहरुको क्षेमता बिकास गरि बिज्ञान र गणित बिषयमा बिद्यार्थिलाई अध्यापन गर्दा थप प्रभाबकारी बनाउन र बिज्ञान र गणित बिषयमा बिद्यार्थिहरुको राम्रो नतिजा ल्याउन सजिलो हुने उदेश्यले यस्तो प्रकारको तालिम संचालन गरिएको बताइएको छ । तालिमको पहिलो दिन भएको स्टेम शिक्षा सुदृढिकरण बिशेष कार्यक्रममा बिज्ञान बिषयको प्रशिक्षण बिशाल पोख्रेल र गणित बिषयको प्रशिक्षण बुद्धिसागर पौडेलले दिनु भएको समेत आयोजकले जानकारी दिएको छ । भालि आइतबार पनि ति शिक्षकहरुलाई कोडिङ,डिकोडिङ तयारी तालिम दिने जानकारी प्राप्त भएको छ ।

194 total views, 1 views today