रामेश्वरी माद्यामिक बिद्यालय घोडागाँउमा पुर्ब विद्यार्थी मञ्च गठन

मालश्री अनलाइन, असार ४ गते रोल्पा । सुनिलस्मृति गाउपालिका वडा न १ घोडागाउँमा रहेको रामेश्वरी माध्यमिक बिद्यालयमा पुर्ब विद्यार्थी मञ्चको बेला तथा नब निर्वाचन वडाका जनप्रतिनिधिहरुलाइ बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गिरीराज कवरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न निर्णयहरु भएका छन । साथै कार्यक्रममा रामेश्वरी माध्यमिक बिद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको भेला समेत भएको छ। २०१६ सालमा स्थापना भएको रामेश्वरी माध्यमिक बिद्यालयमा अध्ययन गरेका पुर्व बिद्याथिहरुलाइ संगठित गर्ने उदेश्यले उक्त भेलाको आयोजना गरिएको हो ।

भेलाले पुर्व विद्यार्थी बिनोद रिजालको अध्यक्षतामा ९ सदस्य पुर्व विद्यार्थी मञ्च गठन गरेको छ । साथै बिद्यालयको शैक्षिक, भौतिक ,आर्थिक सुधारका निम्ती पुर्व विद्यार्थी मञ्च गठन गरिएको बताएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सुनिल स्मृति गाउपालिका १ नंबर वडा अध्यक्ष पवन कवँर रहनु भएको थियो भने बिशिस्ट अतिथिमा गाउँकार्यपालिका सदस्य तुल्सी सुनार लगाएत अन्य अतिथिहरु रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनु भएका वडा अध्यक्ष कवँरले समग्र बिद्यालय बिकासका निम्ति वडापालिका, गाउँपालिका ,प्रदेस सरकार बाट आफुले सक्ने जति सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । वडा अध्यक्ष कवरले आफूले अध्ययन गरेको बिद्यालय पनि यहि भएकाले बिद्यालयको समग्र बिकासका निम्ति सधै तत्पर तरने बताउनु भएको थियो । साथै भेलामा बिद्यालयका प्रधानाध्यापक रेगम जिसीले पुर्व विद्यार्थी मञ्च गठन भएकोमा खुशी ब्यक्त गर्दै समग्र बिद्यालयको प्रगति र बिकासका तिम्ती पुर्व विद्यार्थी सङ्ग सहकार्य गरेर अगाडी बढ्ने बताउनु भएको थियो भने कार्यक्रमको सन्चालन शिक्षक तुलबहादुर बिष्टले गर्नु भएको थियो ।

247 total views, 2 views today