रोल्पा नगरपालीकाले पत्रकारहरु वाट सुझाव माग्यो

मालश्री अनलाइन, असार ५ गते रोल्पा । रोल्पा नगरपालीकाले पत्रकारहरुसंग सुझाव संकलन तथा छलफल कार्यक्रम गरेको छ ।

 

 

रोल्पा नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को बार्षिक निति, योजना तथा कार्यक्रम तर्जुमा सन्दर्भमा आइतबार पत्रकार हरु सगं सुझाव सकंलन तथा छलफल गरेको हो । रोल्पा नगरपालीकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप–प्रमुख गिता आचार्य, रोल्पा नगरपालीकाका सवै वडाका वडा अध्यक्षहरु, सरकारी तथा गैर सरकारी सघ–सस्थामा आबद्ध सरोकारवाला व्यक्ति लगाएत बिभिन्न सञ्चारमाध्याममा आबद्ध पत्रकारहरुको उपस्तीथ रहेको थियो । सुझाव संकलन तथा छलफल कार्यक्रममा नेपाल पत्रकार महासघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नबिन लोचन मगर, सस्थापक अध्यक्ष काशिराम डागी, पुर्व अध्यक्ष खेम बुढा, निबर्तमान अध्यक्ष महेश न्यौपाने, मानसीङ विक, सचिब लोकेन्द्र चन्द, पत्रकार दिनेश सुवेदी, रेडियो मालश्रीका पत्रकार गणेश के.सी, पत्रकार हिरा घर्ति लगाएतले सुझाब दिनुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख सुरेन्द्र थापा घर्तिले आर्थिक बर्षमा शिक्षा र कृषिमा विशेष प्रथामिकता दिने बताउनु भयो । यसका साथै स्वास्थ्य पर्यटन लगाएत पुर्वाधारको क्षेत्रमा आफुहरुले गर्ने कामहरुको बारेमा जानकारी गराउदै उपस्थित सबैलाइ सुझाब दिन आग्रह समेत गर्नु भयो । सवैको सुझाव अनुसार रोल्पा नगरपालीका लाई विकासको हव बनाउन सकिने अध्यक्षको भनाइ रहेको छ ।

कार्यक्रममा पत्रकारहरुले शिक्षाको गुणस्तर बिकास गर्नका लागि सैक्षिक सस्थाको भौतिक संरचनामा ध्यान दिन, सस्कारमुलक शिक्षा र प्रतिस्पर्धात्मक शिक्षामा सहभागि हुन सक्ने सक्षम र दक्ष शिक्षीत जनशक्ति निर्माण गर्नमा नगरपालीकाले जोड दिन आग्रह गरेका थिए । साथै बिकासको लागी नौलो काम गर्नुभन्दा नगरमा आवश्यक कामलाइ फरक ढगंले प्रस्तुत गर्न सके अवश्यै सफल हुन सकिने बताएका थिए । नेपाली समाजमा लामो समयमा थोरै काम गर्ने प्रबिधि रहेकाले अबको सरकारले छोटो समया धेरै काम गर्न सुझाव समेत दिएका थिए ।

 

 

 

261 total views, 1 views today